स्थानीय तह उपनिर्वाचनको मतपत्रका डिजाइन निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध

  • Technology Khabar | ७ मंसिर २०८१, शुक्रबार
स्थानीय तह उपनिर्वाचनको मतपत्रका डिजाइन निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू तयार गरेर वेबसाइटमा राखेको छ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका आयोगले जनाएको छ। स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन्।

आयोगका अनुसार यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू सम्बन्धित सबैको जानकारीको लागि आयोगको वेबसाइट www.election.gov.np मा राखिएको हो।

उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने भएकोले सो अनुसार आवश्यक व्यवस्था गरी उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक कार्य गर्न गराउन आयोगले आह्वान पनि गरेको छ।

प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...