Technology Khabar ७ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
गत महिना चीनमा घोषणा गरिएको ओप्पो प्याड ३ प्रो अब फाइन्ड एक्स८ सिरिजसँगै विश्वव्यापी रोलआउट भएको छ।
ओप्पोको फ्ल्यागशिप एन्ड्रोइड ट्याब्लेटमा १२.१ इन्चको आईपीएस एलसीडी (एफएचडी+१४४ हर्ज), स्न्यापड्र्यागन ८ जेन ३ लिडिङ भर्सन चिपसेट र ६७ डब्ल्यू चार्जिङको साथ ९,५१०एमएएच ब्याट्री रहेको छ।
साथै यी स्पेकसहरू परिचित सुनिनुको कारण भनेको यो नयाँ डिभाइस ‘प्याड ३ प्रो’ सफ्टवेयरतर्फ अक्सीजनओएस१४.१ को सट्टा कलरओएस१४.१ सँग रिब्याज गरिएको वनप्लस प्याड २ भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
ओप्पो प्याड ३ प्रो एकल स्टारलिट निलो रंगमा आउँछ र यसको १२÷२५६ जीबी ट्रिमको लागि ६०० यूरो÷४९९ पाउन्ड स्टर्लिंगको रिटेल मुल्य कायम गरिएको उल्लेख छ। साथै डिसेम्बर ३१ तारिख भन्दा अघि डिभाइस लिनेहरूले ओप्पो पेन्सिल २ प्रो स्टाइलस र ओप्पो स्मार्ट किबोर्ड एक्सेसरीजहरू पनि निःशुल्क प्राप्त गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार