एप्पल आईफोन एसई ४ आउँदो मार्चमा लन्च हुने अपेक्षा

  • Technology Khabar | ७ मंसिर २०८१, शुक्रबार
एप्पल आईफोन एसई ४ आउँदो मार्चमा लन्च हुने अपेक्षा

काठमाडौं ।

एप्पलले सन् २०२५ को सुरुवातमा आईफोन एसई ४ लन्च गर्ने अपेक्षा गरिएको छ। यसै क्रममा हालैको एक रिपोर्टले एप्पलको आईफोन एसई ४ मार्चमा लन्च हुनसक्ने सुझाव दिएको छ, जुन पहिले रिपोर्ट गरिएको टाइमलाइन भन्दा एक महिना छिटो हो।

एप्पलको आईफोन एसई ४ व्यावहारिक रूपमा सन् २०२५ को पहिलो त्रैमासको लागि तयार भएको र एप्पल–डिजाइन गरिएको फाइभजी मोडेमको साथ घोषणा गरिने प्राप्त आपूर्ति श्रृंखला रिपोर्टको आधारमा म्याकरुमर्सले दाबी गरेको छ।

नयाँ फोनले टच आइडी समावेश नगर्ने र आईफोन १४ को प्यानलको साथ फेस आईडीको लागि नच्ड स्क्रिन हुने उल्लेख गरिएको छ। त्यसका साथै, अघिल्लो आईफोन एसई संस्करणहरूमा जस्तै यसको पछाडि एउटा मात्र क्यामरा हुनेछ।

एप्पलले आईफोन एसई (२०२२) लाई ४२९ अमेरिकी डलरमा लन्च गरेको थियो। यद्यपि सन् २०२५ को भेरियन्टको लागत भने ४५९ अमेरिकी डलर वा ४९९ अमेरिकी डलर हुने जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार