Technology Khabar ७ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
एप्पलको आगामी आईफोन १७ सिरिजको साथ आईफोन लाइनअपमा महत्वपूर्ण डिजाइन परिवर्तन गर्न सक्ने बताइएको छ। एप्पलले ट्रेडिस्नल कर्नर–एलाइन्ड रियर क्यामरा मोड्युलको सट्टा सेन्ट्रल क्यामरा हम्प प्रस्तुत गर्न सक्ने सम्भावनाको बारेमा एक लीकले सुझाव दिएको छ।
एप्पलट्र्याक नामक युट्युब च्यानलबाट रेन्डरहरू मार्फत उक्त नयाँ परिवर्तन बारे खुलासा गरिएको र आईफोन सिरिजमा एनहान्स्ड क्यामरा फङ्शनालिटि सहित अन्य प्रमुख अपडेटहरू हुने संकेत देखा परेको उल्लेख छ।
आईफोन १७ एयर/स्लिमको लागि बोल्ड नयाँ डिजाइन
आईफोन १७ एयर कथित रूपमा यस डिजाइन रिफ्रेसको अगाडि रहेको र पहिले सिङ्गल रियर क्यामरा फिचर हुने अपेक्षा गरिएको थियो। साथै यो मिनिमलिस्ट अप्रोच (न्यूनतम तरिका) ले आईफोन एसई वा आईफोन ८ को क्लासिक डिजाइनको झल्को जगाउने छ।
स्रोतको पछिल्लो रेन्डरले हालैका आईफोनहरूमा देखिएको भर्टिकल एरेन्जमेन्ट (ठाडो व्यवस्था) को विपरित हरिजोन्टल (तेर्सो) ओरियन्टेसनमा सेन्ट्रल प्लेसमेन्टको साथ डुअल–क्यामरा लेआउट देखाएको छ। यद्यपि, अन्य आईफोन १७ मोडेलहरूले भने उनीहरूको क्यामरा लेआउट कायम राख्ने अपेक्षा गरिएको छ।
एयर मोडेलको लागि यो डिजाइन अन्य मोडेलहरूसँग मिल्दोजुल्दो नदेखिए तापनि यो धेरै किफायती नथिंङ फोन (२ए) सँग भने मिल्दोजुल्दो देखिने उल्लेख गरिएको छ। यद्यपि, हालको आईफोन १६ पनि केही हदसम्म एप्पलको अघिल्लो डिजाइन र सामसङको हालको जस्तै रहेको थप उल्लेख गरिएको छ। त्यसका साथै चाखलाग्दो कुरा के छ भने, एप्पलले यो मोडलको मूल्य १,२९९ अमेरिकी डलर र १,४९९ अमेरिकी डलर बीच कायम गर्न सक्ने अफवाह पनि रहेको छ।
त्यसैगरी आईफोन १७ प्रो मोडेलहरूले केही महत्त्वपूर्ण परिवर्तनहरू वा सुधारहरू ल्याउने अफवाहहरू पनि रहेका छन्। प्रो म्याक्स भेरियन्टले ४८ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्सलाई सम्भावित रूपमा समावेश गर्ने बताइएको छ जसले यसलाई लङ्ग–रेञ्ज जुम फोटोग्राफीमा एन्ड्रोइड फ्ल्यागशिपहरूको बलियो प्रतिस्पर्धी बनाउनेछ।
‘स्लिम’ डिजाइनको साथ चुनौतीहरू
“स्लिम” पनि भनिने गरिएको आईफोन १७ एयर बारे सुरुमा हाई–डेनसिटि (उच्च घनत्व) को ब्याट्रीको प्रयोग गरेर मोटाई र तौल घटाउनमा ध्यान केन्द्रित गरिने अफवाह पनि रहेको थियो। यद्यपि, एप्पलले यस प्रविधिको कार्यान्वयनमा अवरोधहरूको सामना गरेको र जसले कम्पनीलाई आफ्नो अल्ट्रा–स्लिम डिजाइन महत्वाकांक्षाहरू मापन गर्न बाध्य पारेको छ भनि नेइवर प्रयोगकर्ता येक्स११२२ बाट आएको लीकले संकेत गरेको उल्लेख छ। नतिजाको रूपमा, आईफोन १७ एयरले आफ्नो डिजाइन रिफ्रेसको बावजुद मोटाईमा भने उल्लेखनीय कमी देख्न नसक्ने भन्दै थप उल्लेख गरिएको छ।
पुरानो र अग्रगामी तत्वहरूको मिश्रणको साथ, आईफोन १७ सिरिजले एप्पलको लागि एक प्रमुख सुरुवातको रूपमा आकार लिइरहेको छ। जबकि सेन्ट्रल क्यामरा हम्प र मूल्य निर्धारणमा परिवर्तनहरू हुन सक्छ, प्रो मोडेलहरूमा उन्नत जुम क्षमताहरूको थपले भने एप्पलले आफ्नो प्रतिस्पर्धात्मक यात्रालाई कायम राख्ने सुझाव दिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार