Technology Khabar ७ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
मेटाले बिहीबार आफ्नो फेसबुक मेसेन्जरको लागि सुधारहरू समूहको घोषणा गरेको छ। एपले (अन्तमा) एचडी भिडियो कलहरूका साथै ब्याकग्राउन्ड नोइज सप्रेसन र भ्वाइस आइसोलेसन जस्ता अत्यन्त आवश्यक फिचर (सुविधा) प्राप्त गरेको छ जसले “किल्यर (स्पष्ट), हाइ–क्वालिटि (उच्च–गुणस्तर) कलहरू गर्न मद्दत गर्ने” छ। साथै कम्पनीले मेसेन्जरमा कल गर्दा “एकै कोठामा सँगै बसेको जस्तो महसुस गराउने” प्रतिज्ञा समेत गरेको छ।
वाई–फाई मार्फत गरिएका कलहरूको लागि डिफल्ट (पूर्वनिर्धारित) रूपमा एचडी सक्षम हुनेछ भने मोबाइल डाटा कलहरूको लागि यसलाई म्यानुअल रूपमा अन गर्न सकिने बताइएको छ। साथै ब्याकग्राउन्ड नोइज सप्रेसन र भ्वाइस आइसोलेसन दुवैलाई कल सेटिङहरू मार्फत सक्षम गर्न सकिने थप उल्लेख गरिएको छ।
त्यसैगरी तपाईंका साथीहरूले कल नउठाएको खण्डमा तपाईंले अनुत्तरित अडियो र भिडियो कलहरूको लागि “रेकर्ड मेसेज” ट्याप गरेर अडियो वा भिडियो सन्देशहरू पनि छोड्न सकिने छ।
यसबाहेक मेसेन्जरले “चाँडै” नै भिडियो कलहरूमा एआई ब्याकग्राउन्डहरू पनि प्राप्त गर्दैछ जसले “तपाईंको कलमा थोरै उत्साह थप्नेछ”। ब्याकग्राउन्ड (पृष्ठभूमि) सिर्जना गर्नको लागि तपाईंको अर्को भिडियो कलको साइडबारमा रहेको इफेक्ट आइकनमा ट्याप गर्न सकिने छ।
आईओएसमा तपाईंले अब सिरीलाई मेसेन्जर कल गर्न र मेसेज (सन्देश) पठाउन मद्दत गर्नको लागि आग्रह गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार