एप्पल आईफोन १७ एयर को मोटाई ६ एमएम मात्र हुने

  • Technology Khabar | ७ मंसिर २०८१, शुक्रबार
एप्पल आईफोन १७ एयर को मोटाई ६ एमएम मात्र हुने

काठमाडौं ।

एप्पलले सन् २०२५ को सेप्टेम्बरमा आईफोन १७ एयर लन्च गर्ने बताइएको छ। साथै उक्त डिभाइसले हालको पोर्टफोलियोमा सबैभन्दा कम प्रभावशाली बिक्री भएको प्लस संस्करणलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ। सुरुमा आईफोन १७ स्लिम भनिने अफवाह रहेको यो फोनको मोटाईको बारेमा जानकारी बाहिरिएको छ।

हङकङमा आधारित इन्भेष्टमेन्ट बैंक हाइटोङको नोटका अनुसार आईफोन १७ एयरको मापन ६ एमएमको मात्र हुन सक्ने बताइएको छ। यदि त्यसो भएको खण्डमा भने यसले ६.९ एमएम प्रोफाइल भएको आईफोन ६ लाई पछि पार्दै यो अहिलेसम्मको सबैभन्दा पातलो आईफोन बन्नेछ।

त्यसैगरी नयाँ आईफोनमा ६.६ इन्चको स्क्रिन र ए१९ चिप हुने (भ्यानिला भेरियन्ट, प्रो होइन) अनुमान गरिएको छ।

त्यसका साथै डिभाइसको पछाडि एउटा मात्र क्यामरा हुन सक्ने बताइएको छ जुन डिलब्रेकर जस्तो लाग्न सक्छ। यद्यपि विश्लेषक मिङ–ची कुओले भने यसअघि नै एप्पलले “इनोभेटिभ फर्म फ्याक्टर डिजाइनमा जोड” दिन खोजिरहेको छ, त्यसैले यस डिभाइसमा फ्ल्यागशिप–टियर क्यामरा सेटअपको आशा नगर्नुहोस् भनेर बताएका छन्।

यो नयाँ आईफोन १७ एयरको थप लीक र अफवाहहरू बारे जानकारी उपलब्ध गराउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार