मेटाको रेब्यान जस्तै ‘एक्सआर स्मार्ट ग्लास’ ल्याउँदै सामसङ

  • Technology Khabar | ६ मंसिर २०८१, बिहीबार
मेटाको रेब्यान जस्तै ‘एक्सआर स्मार्ट ग्लास’ ल्याउँदै सामसङ

काठमाडौं ।

सामसङले आगामी एक्सआर स्मार्ट ग्लासलाई सन् २०२५ को तेस्रो त्रैमासमा लन्च गर्न तयारी गरिरहेको छ। यो नयाँ स्मार्ट वेयरेबल टेक्नोलोजीले मेटा रे-ब्यान स्मार्ट चश्माजस्तै इन्टिग्रेटेड स्मार्ट फिचरहरू, जस्तै वातावरणसँग अन्तरक्रिया गर्ने वा जानकारी प्रदर्शन गर्ने क्षमता ल्याउने अपेक्षा गरिएको छ।

यस डिभाइसमा क्वालकम एआर१ चिपसेट र सहायक प्रोसेसिङ युनिटको रूपमा एनएक्सपी सेमिकन्डक्टर प्रयोग हुने सम्भावना छ। यसमा १२ मेगापिक्सेलको क्यामेरा (सोनी आईएमएक्स६८१ सीमोस इमेज सेन्सरसहित) र१५५ एमएएच ब्याट्री हुनेछ जुन मेटा स्मार्ट चश्माको समान हो।

यसले क्यामरा क्यूआर कोड स्क्यान गर्ने, हाउभाउ पहिचान गर्ने र “मानव पहिचान” जस्ता कार्यहरू गर्न सक्षम हुने अपेक्षा गरिएको छ। यी कार्यहरू गुगलको सहकार्यमा विकसित जेमरिनी लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) प्रयोग गरेर सम्भव हुनेछन्।

दक्षिण कोरियाली टेक्नोलोजी जायन्ट सामसङले गत महिनाको आम्दानी घोषणा कार्यक्रममा सामसङ एक्सआर हेडसेट  सन् २०२५ मा लन्च गर्ने घोषणा गर्‍यो। तर यसको ठ्याक्कै मिति र मूल्य भने खुलाइएको छैन। कम्पनीले यो वर्ष ग्यालेक्सी रिङको टिजर देखाए झैं अर्को वर्षको सुरुमा हुने ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा यस डिभाइसको टिजर प्रस्तुत गर्न सक्ने सम्भावना छ।

मेटा रे-ब्यान स्मार्ट चश्माको मूल्य २९९ डलर (करिब २५ हजार रुपैयाँ) राखिएको छ तर यो भारत जस्ता ठूला बजारहरूमा लन्च हुने मिति अझै खुलाइएको छैन। सामसङले भने आफ्ना ठूलो स्रोतसाधनहरू प्रयोग गर्दै आफ्नो उत्पादनहरू थप धेरै क्षेत्रमा पुर्‍याउने अपेक्षा गरिएको छ।

2025 सामसङका लागि महत्त्वपूर्ण वर्ष बन्न सक्नेछ, जहाँ ट्राइफोल्ड स्मार्टफोन पनि सामेल हुन सक्ने न्युज१८ ले उल्लेख गरेको छ। यो स्मार्टफोन हालै चीनमा बिक्रीमा गएको ह्वावे मोडेलको जस्तै हुने अनुमान गरिएको छ।

प्रकाशित: ६ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार