
काठमाडौं ।
विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन बीवाईडी र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोडौं इभी गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाब चुआनफुले प्रमुख मन्तव्य दिँदै कम्पनीको यात्रा सम्झे। उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे। वाबले प्राविधिक
इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए।
१ करोड नयाँ उर्जा सवारीसाधन उत्पादन उपलब्धि हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको दाबी गरेको छ। कम्पनीले पहिलो ५० लाख एनईभी उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ उर्जा सवारीसाधन र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ।
कम्पनीकाअनुसार १ करोडौं गाडी, डेन्जा जेठनाईन्, गेम साइन्सका संस्थापक तथा सीइओ तथा चर्चित खेल ’ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा फेब जीलाई प्रदान गरियो।
वाबले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए। उनले भने, “बीवाईडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो।“
आगामी योजनामा, बीवाईडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा १०० अर्ब युआनको लगानी गर्नेछ, जसले बीवाईडीको सम्पूर्ण सवारीसाधन श्रृंखलामा व्यापक सुधार ल्याउने जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: ५ मंसिर २०८१, बुधबार