
काठमाडौं ।
नेपालबाट करिब १ घण्टामै अमेरिका पुग्ने हो भने कस्तो होला ? तपाईं भन्नुहुनेछ- यो कसरी सम्भव छ ? तर स्पेसएक्सका मालिक इलन मस्क, संसारका सबैभन्दा ठूला अर्बपतिहरू मध्ये एकले यो अब सम्भव भएको बताएका छन्। डोनाल्ड ट्रम्प अमेरिकी सत्तामा फर्किएपछि इलन मस्क लगातार चर्चामा छन् । मस्क अब विवेक रामास्वामीसँग प्रशासनिक रूपमा सरकारी दक्षता विभागमा सामेल भएका छन्।
यसैबीच, इलन मस्कले, उनको कम्पनी स्पेसएक्सको महत्वाकांक्षी परियोजना ‘अर्थ-टु-अर्थ’ अन्तरिक्ष यात्रा चाँडै नै वास्तविकतामा परिणत हुन गइरहेको घोषणा गरेका छन्। यो आफैँमा ठूलो दाबी हो जसले पृथ्वीमा एक देशबाट अर्को देशको यात्राको भविष्यलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ।
सामाजिक सञ्जालमा मस्कको पोस्टपछि यो विषय निकै चर्चामा छ। एक प्रयोगकर्ता @ajtourville ले सोशल मिडिया प्लेटफर्म एक्समा परियोजनाको प्रचार भिडियो साझा गरे। यसले डोनाल्ड ट्रम्पको शासनकालमा संघीय उड्डयन प्रशासनले यस परियोजनालाई ग्रीन सिग्नल दिन सक्ने संकेत गर्छ।
यसमा मस्कले पनि जवाफ दिँदै भनेका छन – ‘यो अब सम्भव छ!’
स्पेसएक्सले लगभग १० वर्ष पहिले आफ्नो स्टारशिप रकेट घोषणा गर्यो, जुन अब वास्तविकतामा परिणत भएको छ। स्टारशिप रकेटलाई संसारको सबैभन्दा शक्तिशाली रकेट भनिन्छ। यसले एक महाद्वीपबाट अर्को महादेशसम्मको दुरी यति उच्च गतिमा पुरा गर्न सक्छ, पहिले सोच्न पनि सकिँदैन थियो।
डेली मेलको रिपोर्ट अनुसार स्टारशिप रकेटले एक यात्रामा १ हजार यात्रु बोक्न सक्छ। यो सतहको समानान्तर रहँदा पृथ्वीको कक्षमा उड्न सक्छ। अर्थात् यो एउटा रकेट हो जुन अन्तरिक्षमा नगइकन पनि कक्षभित्र उड्न सक्छ। यस परियोजनाकाअनुसार, लस एन्जलसबाट टोरन्टो २४ मिनेटमा, लन्डनदेखि न्यूयोर्क २९ मिनेटमा, दिल्लीदेखि सान फ्रान्सिस्को ३० मिनेटमा र न्यूयोर्कदेखि सांघाई ३९ मिनेटमा पुग्न सकिनेछ।
प्रकाशित: ५ मंसिर २०८१, बुधबार