ओप्पो रेनो १३ र रेनो १३ प्रो ह्यान्ड्स–अन इमेज लीक; दुवैमा डाइमेन्सिटी ८३०० चिपसेट समावेश गरिने

  • Technology Khabar | ५ मंसिर २०८१, बुधबार
ओप्पो रेनो १३ र रेनो १३ प्रो ह्यान्ड्स–अन इमेज लीक; दुवैमा डाइमेन्सिटी ८३०० चिपसेट समावेश गरिने

काठमाडौं ।

ओप्पोले ओप्पो प्याड ३ सँगै रेनो १३ र रेनो १३ प्रो मिड–रेन्जरहरू चाँडै लन्च गर्दैछ। ओप्पोको उक्त मिड–रेन्ज फोनहरू र एप्पलको आईफोन बिच समानता देखिएका छन्।

रेनो १३ र रेनो १३ प्रो को पहिलो ह्यान्ड्स–अन तस्बिरमा पनि तिनीहरू आईफोन जस्तै देखिएको बताइएको छ। साथै रेनो १३ र रेनो १३ प्रो को क्यामरा रिङ्ग र कर्नर (कुना) को कर्भेचर स्पष्ट रुपमा आईफोन जस्तै देखिएको हुनाले तिनीहरू आईफोन समान रहेको यस अघिको एक लीकले खुलासा गरेको थियो।

रेनो १३ सिरिज नोभेम्बर २५ मा आधिकारिक रुपमा लन्च हुन सक्ने उल्लेख गरिएको छ। प्रो मोडेलमा १२६४×२७८० रिजोल्युशनको साथ ६.७८–इन्च माइक्रो–कर्भ एलटीपीओ ओएलईडी प्यानल, पछाडिको भनगमा ५० मेगापिक्सेलको ३× जुम पेरिस्कोप टेलिफोटो क्यामरा र ८०वाट वायर्ड र ५०वाट वायरलेस चार्जिङसहितको ५,९०० एमएएच ब्याट्रि समावेश गरिने अफवाह रहेको छ।

साथै हेल्ममा मिडियाटेकको डाइमेन्सिटी ९३०० चिपसेट हुने सम्भावनाको थप उल्लेख गरिएको छ।

त्यसैगरी एक आन्तरिक स्रोतले भने ओप्पो रेनो १३ र १३ प्रो दुबैमा ९३०० को सट्टा मिडियाटेक डाइमेन्सिटी ८३०० चिपसेटमा आधारित हुने जानकारी साझा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ५ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...