
काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको प्रचार प्रसारका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ।
कल सेन्टरले यहि मङ्सिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि मतदाताहरुका प्रश्न गुनासा र समस्या समाधान गर्ने छ। यसैगरी, मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सम्पूर्ण विषयमा आम मतदाता एवम् सर्वसाधारणलाई जानकारी उपलब्ध गराउने आयोगले जानकारी दिएको छ।
आयोगले आज मंगलबारदेखि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा निशुल्क (टोल फ्री) नं ११०२ रहेको कल सेन्टरको स्थापना गरेको हो।
यस सेन्टरमा सम्पर्क राखी उपनिर्वाचनका विषयमा आफ्ना प्रश्न गुनासा र जिज्ञासा राख्नु हुन आयोगले सबैमा हार्दिक आग्रह गरेको छ।
प्रकाशित: ४ मंसिर २०८१, मंगलवार