टिकटक भिडियो बनाउनुहोस्, नगद पुरस्कार जित्नुहोस्

  • Technology Khabar | ४ मंसिर २०८१, मंगलवार
टिकटक भिडियो बनाउनुहोस्, नगद पुरस्कार जित्नुहोस्

काठमाडौं ।

फूड एण्ड एग्रिकल्चर अर्गनाइजेशन नेपालले टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ। संस्थाले हालै विश्व माटो दिवस २०२४ को अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।

संस्थाले जारी गरेको सूचना अनुसार यो प्रतियोगितामा सहभागीहरुले ‘विश्व माटो दिवसको अवसरमा माटोको सुधार: परीक्षण रेखदेख र उपचार’ विषयमा आधारित अधिकतम ४५ सेकण्डको भिडियो बनाएर आफुनो टिकटक एकाउन्टमा अपलोड गरी लिंक र भिडियो एफएओनेपालको इमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ।

प्रतियोगीले आफ्ना भिडियो पठाउने अन्तिम मिति आगामी मंसीर १५ गते तोकिएको छ। प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमश: २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने संस्थाले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार