काठमाडौं ।
शाओमीले हालै आफ्नो उत्पादन लक्ष्य समयभन्दा अगाडि नै पूरा गरेको घोषणा गरेको छ – कम्पनीको बेइजिङस्थित कारखानामा १,००,००० एसयू७ गाडी उत्पादन लाइनबाट बाहिर आएका छन्। साथै चिनियाँ टेक जायण्टले यसै वर्ष यति धेरै युनिटहरू ढुवानी गरिसकेको जानकारी पनि दिएको छ।
यो २०२४ को अर्को महत्वपूर्ण उपलब्धि हो जुन शाओमीले निर्धारित समयभन्दा अगाडि नै हासिल गरेको हो। नयाँ कार निर्माता कम्पनीले आफ्नो २०२४ को लक्ष्यलाई समायोजन गर्दै १,३०,००० डेलिभरी पुर्याउने योजना बनाएको छ किनकि अहिले कम्पनीको मासिक अधिकतम उत्पादन क्षमता लगभग २४,००० युनिट रहेको छ। सुरुमा कारखानाको पहिलो चरणले यसको आधा मात्र उत्पादन गर्ने योजना थियो।
कम्पनीले मागको दबाबलाई कम गर्न कारखानाको नयाँ खण्ड निर्माण गरिरहेको छ, तर यसमा केही समय लाग्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
यो लक्ष्य पुनर्मूल्यांकनको घोषणा अप्रत्याशित भने थिएन। शाओमीको एसयू७ सुरुदेखि नै लोकप्रिय सावित भयो, र कम्पनीले २०२४ का लागि आफ्नो १,००,००० गाडीको लक्ष्यलाई यसै वर्षको सुरुमा १,२०,००० युनिटमा समायोजन गरेको थियो। अब शाओमीको सफलता अझै राम्रो भएको देखियो, जसले गर्दा कम्पनीले थप १०,००० युनिटको लक्ष्य थप गरेको छ।
प्रकाशित: ४ मंसिर २०८१, मंगलवार