रामेछापमा पाँच हजार जनाले लिए राष्ट्रिय परिचयपत्र

Technology Khabar ३ मंसिर २०८१, सोमबार

काठमाडौं ।

रामेछापमा १५ महिनाको अवधिमा पाँच हजार नागरिकले बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र लिएका छन्। जिल्ला प्रशासन कार्यालय रामेछापले २०७७ साउन १ देखि राष्ट्रिय परिचयपत्रको फाराम भर्ने कार्यको थालनी गरेको थियो। जिल्लामा विवरण लिन सुरु गरेको तीन वर्षपछि २०५० साउन १० गतेबाट परिचयपत्र वितरण कार्य सुरु भएको थियो।

हालसम्म ३५ हजार राष्ट्रिय परिचयपत्र बनेर आएकामा हालसम्म पाँच हजार जना नागरिकले राष्ट्रिय परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर अपरेटर कुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, “रामेछापमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेकामध्ये ३५ हजार हराहारीमा परिचयपत्र बनेर आइसकेको छ। अहिलेसम्म पाँच हजार जनाले राष्ट्रिय परिचयपत्र लगिसकेका छन्। अहिले पनि राष्ट्रिय परिचयपत्र लिने र परिचयपत्रका लागि आवेदन दिनेको भिड छ।”

उनका अनुसार कार्यालयबाट परिचयपत्रका लागि आवेदन दिएका र परिचयपत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ। यसका आधारमा सेवाग्राहीले कार्यालयमा उपस्थित भएर परिचयपत्र लिन सक्ने छन्।

जिल्ला प्रशासन कार्यालयले २०७२ मङ्सिर १२ गतेदेखि चैत ३ गतेसम्म जिल्लाका सबै पालिकाको वडा तहमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७० हजार २४० जना नागरिकको आवेदन संकलन गरेको थियो।-रासस

प्रकाशित: ३ मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया