एप्पलको एम४ म्याकबुक प्रो डिस्प्लेमा पहिलो पटक क्वान्टम डटहरू समावेश

Technology Khabar ३ मंसिर २०८१, सोमबार

काठमाडौं ।

एप्पलले गत महिनाको पुछारमा एम४ चिप्सको साथ नयाँ म्याकबुक प्रो लन्च गरेको थियो। यद्यपि यी अपग्रेडको बारेमा भने यसअघि चर्चा नगरिएको बताइएको छ।

डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्सका रस यङ्गका अनुसार नयाँ म्याकबुक प्रोमा क्वान्टम डट स्क्रिन रहेको बताएइको छ। क्वान्टम डट फिल्मले अघिल्लो मोडेलहरूमा प्रयोग गरिएको रेड (रातो) केएसएफ फस्फर फिल्मलाई प्रतिस्थापन गरेको उल्लेख गरिएको छ।

क्यूडी फिल्मले रेड (रातो) केएसएफ फस्फर फिल्मको तुलनामा राम्रो कलर गामट र राम्रो मोसन पर्फमेन्स (गति प्रदर्शन) प्रदान गर्दछ भने अब क्याडमियम–मुक्त पनि भएको छ। यस अघि यस्तो नहुने भएकाले एप्पल अहिले सम्म केएसएफ समाधान संग अड्किएको थप उल्लेख गरिएको छ।

यो सुधार न्यानो टेक्स्चरको साथ वा बिना सबै नयाँ म्याकबुक प्रोहरूमा लागू हुने छ। यद्यपि नयाँ ल्यापटपहरूमा अझै पनि एलसीडी स्क्रिनहरू रहेको र यो क्यूडी फिल्मले तिनीहरूलाई क्यूडी–ओएलईडी डिस्प्लेहरूले जस्तै प्रदर्शन गर्न सक्ने नबनाउने भए तापनि यो एक सानो कदम भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया