यज्ञराज जोशीको अध्यक्षतामा क्यान महासंघ बाँकेको नयाँ कार्यसमिति चयन

  • Technology Khabar | ३ मंसिर २०८१, सोमबार
यज्ञराज जोशीको अध्यक्षतामा क्यान महासंघ बाँकेको नयाँ कार्यसमिति चयन

काठमाडौं ।

क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञराज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय उपाध्यक्ष धुर्वराज शर्मा सुदिपको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो।

क्यान बाँकेको नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार खड्का, उपाध्यक्षमा ओस्कर थापा र सचlवमा रमेश क्षेत्री छन्।

त्यस्तै सहसचिवमा बिष्णु प्रसाद कंडेल र कोषाध्यक्षमा रेमन्त बहादुर खत्री र सदस्यहरुमा जिता कुमारी रावत, निसान्त कुमार शाक्य, दिनानथ सोनि, उत्तम क्षेत्री, अमर महतारा, महेश चौधरी, अन्कित श्रीवास्तब र रोशनी पौडेल चयन भएका छन्।

क्यान बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको विशिस्ट अतिथि क्यान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण खनाल, विशिस्ट अतिथि क्यान महासंघ बाँकेका संस्थापक अध्यक्ष इश्वर पोख्रेल, विशिष्ट अतिथि पूर्व केन्द्रीय उपाध्यक्ष तथा पूर्व अध्यक्ष सन्जय थापा, विशिस्ट अतिथि पूर्व अध्यक्ष जितेन्द्र जोशी तथा भुपाल गिरि अतिथि तथा क्यान बर्दियाको पूर्व अध्यक्ष नवनिर्वाचित पदाधिकारी सहितको उपस्थिति थियो।

कार्यक्रममा मोबाइल एप निर्माण गरी राष्ट्रिय तथा अन्तर्रास्ट्रिय स्तरमा पहिचान कमाउन सफल बर्दियाका एप डेभलपर कर्ण बहादुर बुढा क्षेत्रीलाईलाई सम्मान गरेको छ। उक्त उद्घाटन सत्रको अध्यक्षता शिशिर नारायण श्रेष्ठले गरेका थिए।

प्रकाशित: ३ मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...