Technology Khabar २ मंसिर २०८१, आईतवार
काठमाडौं ।
ई स्पोर्ट्स सङ्घ नेपाल (इसान) को आयोजनामा इन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ।
सङ्घको वार्षिक क्यालेन्डर अनुसार कलेजस्तरको प्रतियोगिता काठमाडौँको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने भएको हो।
प्रतियोगितामा पब्जी मोबाइल, एमएलबिबी, ई फुटबल र फ्री फायर गरी चार विधालाई समावेश गरिएको छ। पाँच लाख पुरस्कार राशि रहने प्रतियोगितामा देशभरका कलेजका विद्यार्थीले सहभागिता जनाउन सक्ने छन्।
चार खेल विधाका विजेता टिम तथा खेलाडीलाई पाँच लाख रुपियाँको पुरस्कार रकम बाँडिने छ।
छनोट खेल अनलाइनमार्फत र फाइनल खेल ल्यान इभेन्टका रूपमा पुस २६ र २७ गते सञ्चालन गरिने तालिका रहेको छ।
प्रतियोगितामा देशभरका कलेजबाट सहभागिता जनाउन सकिने आयोजक सङ्घका सचिव आशिष दाहालले जानकारी दिए। दाहालले खेलाडीकोे विद्यालय, कलेजमा ई स्पोर्ट्स क्लब गठन गरेर सम्बन्धित खेल र खेलाडीको विकासमा तल्लो तहबाट काम गर्ने उद्देश्यले सबै कलेजमा ई स्पोर्ट्स क्लब बनाउन लागिएको जानकारी पनि दिए।
प्रकाशित: २ मंसिर २०८१, आईतवार