Technology Khabar २ मंसिर २०८१, आईतवार
काठमाडौं ।
अहिले बिहान ११ बजेदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखा परेको छ। नेपाल टेलिकमका मोबाइलमा फोन लागिरहेको छैन भने कम्पनीको फोरजी इन्टरनेट सेवा पनि चलेको छैन।
टेलिकमका कर्मचारीहरुका अनुसार यस प्रकारको समस्या ११ बजेदेखि आएको हो भने के कति कारणले नेटवर्कमा समस्या आएको हो र यो समाधान हुन कति समय लाग्छ भन्ने आकलन गर्न सकिएको छैन।
रोबोटिक कियोस्कमार्फत् सेवा प्रदान गर्ने तयारी हुँदै गर्दा टेलिकमको नेटवर्कमा भने समस्या देखा परेको हो।
यसअघि पनि बेलाबेला मोबाइल वा इन्टरनेट नचल्ने खालका एकाध समस्याअ नआएका होइनन् तर बिलिङको सफ्टवयर अपडेट लगायतका बेला केही घण्टाका लागि सेवा अवरुद्ध हुँदा टेलिकमले अग्रिम सूचना नै निकाल्ने गर्थ्यो। तर आजको यो समस्या अप्रत्याशित रुपमा भएको देखिन्छ।
प्रकाशित: २ मंसिर २०८१, आईतवार