कांग्रेस सभापति देउवाद्वारा समाचार पोस्ट गर्दै नयाँ अनलाइन पोर्टलको उद्घाटन

  • Technology Khabar | ३० कार्तिक २०८१, शुक्रबार
कांग्रेस सभापति देउवाद्वारा समाचार पोस्ट गर्दै नयाँ अनलाइन पोर्टलको उद्घाटन

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनलाइन समाचार पोर्टल ‘सञ्चारलेन्स डटकम’ www.sancharlens.com को उद्घाटन गरेका छन्। बिहीबार डडेल्धुरामा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले सो अनलाइन पोर्टलमा समाचार पोष्ट गर्दै सो अनलाइन सेवा सुरुआत गरेका हुन्।

सो अवसरमा उनले डडेल्धुराबाट अनलाइन समाचार सेवा सञ्चालन भएकोमा सञ्चालक एवं पत्रकारलाई बधाई तथा शुभकामना दिए।

देउवाले भने, “हाम्रो डडेल्धुराबाट अनलाइन माध्यम समाचार सेवा सञ्चालन गर्नुभएको छ। अनलाइन समाचार सेवा प्रदान गर्ने साथी भाइलाई हार्दिक बधाई र शुभकामना।” उनले पत्रकारिता क्षेत्र चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिए।

लिपुलेक मिडिया एण्ड टेक्नोलोजी प्रालिले उक्त न्यूज पोर्टल सञ्चालनमा ल्याएको हो। यसको सम्पादक डेढ दशकदेखि डडेल्धुराबाट पत्रकारिता क्षेत्रमा आबद्ध धनबहादुर भण्डारी रहेका छन्।-रासस

प्रकाशित: ३० कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रूसद्वारा ५२ स्याटेलाइटको सफल प्रक्षेपण

  • Technology Khabar
  • ३० कार्तिक २०८१, शुक्रबार