इन्डोनेसियाको इण्डोस्याट र गो टू मिलेर स्थानीय भाषाको एआई मोडल सार्वजनिक

  • Technology Khabar | ३० कार्तिक २०८१, शुक्रबार
इन्डोनेसियाको इण्डोस्याट र गो टू मिलेर स्थानीय भाषाको एआई मोडल सार्वजनिक
सांकेतिक तस्बिर। एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

इन्डोनेसियाको प्रमुख टेलिकम कम्पनी इण्डोस्याट ऊरेडू हचिन्सन र प्राविधिक दिग्गज गोटु गोजेक टोकोपेडियाले बिहीबार संयुक्त रुपमा सहाबत-एआई नामक ठूलो भाषा मोड्युल इकोसिस्टमको विकास गर्ने घोषणा गरेका छन्।

यो प्रणाली विशेष रूपमा इन्डोनेसियाली भाषाहरूमा आधारित हुने बताइएको छ। सहाबत-एआई को लक्ष्य इन्डोनेसियालीहरूले भाषा इण्डोनेसिया र अन्य स्थानीय भाषाहरूमा आधारितए आई सेवाहरू र एप्लिकेशनहरू निर्माण गर्न सक्षम बनाउनु हो।

यसले स्थानीय सांस्कृतिक सन्दर्भलाई बुझ्न र सम्बोधन गर्न सक्ने क्षमता प्रदान गर्नेछ। यो परियोजनाएआई सिंगापुर र भारतको टेक महिन्द्राको सहयोगमा अघि बढेको छ, जसले एनभिडियाको एआई इन्टरप्राइज सफ्टवेयर र एनभिडिया नेमो प्रयोग गरेर मोड्युललाई प्रशिक्षित गरेको रोयटर्सले उल्लेख गरेको छ।

परियोजनामा इन्डोनेसियाका विश्वविद्यालयहरू र मिडिया समूहहरू पनि संलग्न छन्, जसले यसलाई स्थानीय सन्दर्भ र सांस्कृतिक महत्वका लागि अनुकूल बनाउन मद्दत गर्नेछन्।

सहाबत-एआई मोडेल एनभिडियाको फुल-स्ट्याक एआई प्लेटफर्म प्रयोग गरेर प्रशिक्षित गरिएको छ। यसको पहिलो चरणमा ८-बिलियन र ९-बिलियन प्यारामिटर भएका भाषा मोडेलहरू सुरु गरिनेछ।

इन्डोनेसियाको एआई उद्योगले ठूलो चासो पाएको छ। माइक्रोसफ्टजस्ता प्रख्यात कम्पनीहरूले त्यहाँ डाटा सेन्टरहरू स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।

यो परियोजना इन्डोनेसियाली प्राविधिक परिदृश्यलाई अगाडि बढाउन महत्त्वपूर्ण कदम मानिन्छ जसले स्थानीय व्यवसायहरूलाई एआईमा आधारित समाधानहरू विकास गर्न प्रोत्साहित गर्नेछ।

 

प्रकाशित: ३० कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार