Technology Khabar २९ कार्तिक २०८१, बिहीबार
काठमाडौं ।
पत्ता लागेको केही घण्टामै एउटा एस्टेरोइड अर्थात् क्षुद्रग्रह पृथ्वीमा आएर बजारिएको यो सन् २०२४ को तेस्रो “तत्काल प्रभाव पार्ने क्षुद्रग्रह” रहेको वैज्ञानिकहरुको भनाई छ।
लाइभसाइन्स पछिल्लो महिना एउटा क्षुद्रग्रह पृथ्वीको वायुमण्डलमा छिर्यो र खगोलविदहरुले यसको अस्तित्व पत्ता लगाएको केही समयमै घण्टा मात्र लाग्यो। यो क्षुद्रग्रह कुनै हिसाबले प्रभाव निगरानी प्रणालीलाई पार गरेर पृथ्वीको नजिक पुग्न सफल भएको आकलन गरिएको छ।
तर सकारात्मक पक्षका रुपमा यसको आकार केवल ३ फीट (१ मीटर) व्यासको थियो र पृथ्वीको सतहमा कुनै ठूलो खतरा थिएन।
यस क्षुद्रग्रहलाई २०२४ यूक्यू भनेर चिन्हित गरिएको थियो र २२ अक्टोबरमा हवाईको क्षुद्रग्रह टेरेस्ट्रियल-इम्प्याक्ट लास्ट अलर्ट सिस्टम (एटीएलएएस) द्वारा पहिलो पटक पत्ता लगाइएको थियो।
एटीएलएएस चारवटा टेलिस्कोपको नेटवर्क हो जसले आकाशलाई स्क्यान गरेर पृथ्वीको मार्गमा आकाशीय पिंडहरूको पहिचान गर्दछ। दुई घण्टा पछि क्षुद्रग्रह प्रशान्त महासागरको माथि क्यालिफोर्नियाको नजिकै जलेर नस्ट भयो, जसले यसलाई “तत्काल प्रभाव पार्ने क्षुद्रग्रह” बनायो।
सेन्टरको नोभेम्बर २०२४ को न्यूजलेटर अनुसार पत्ता लगाउने र प्रभाव पर्ने बीचको छोटो समयले गर्दा युरोपियन स्पेस एजेन्सीको नियर-अर्थ अब्जेक्ट कोअर्डिनेशन सेन्टरद्वारा चलाइएका प्रभाव निगरानी प्रणालीलाई क्षुद्रग्रहको ट्र्याकिङ डाटा पृथ्वीमा ठोक्किएपछि मात्र प्राप्त भएको लाइभसाइन्सले उल्लेख गरेको छ।
“एटीएलएएस सर्वेले प्राप्त गरेको छविमा एउटा सानो वस्तु उच्च सम्भावना भएको टकराव मार्गमा पाइएको थियो। तर वस्तुको स्थिति दुई सानातिना क्षेत्रको किनारमा भएकोले, यो वस्तु केही घण्टापछि मात्र चलिरहेको वस्तु भनेर पहिचान गरिएको थियो,” ईएसएले आफ्नो न्यूजलेटरमा लेखेको छ। “जबसम्म एस्ट्रोनोमी निगरानी प्रणालीमा पुग्यो, प्रभाव पहिला नै भएको थियो।”
ईएसएको एनईओ कोअर्डिनेशन सेन्टर ( एनईओसीसी) ले बताए अनुसार फ्ल्यास अर्थात् आगाका लप्काहरू राष्ट्रिय महासागरीय र मौसम प्रशासनको जीओईएस मौसम उपग्रह र क्याटालिना स्काई सर्वे (नासा परियोजना जसले आकाशीय पिंडहरू खोज्नको लागि टेलिस्कोपहरूको श्रृंखला प्रयोग गर्दछ) द्वारा पत्ता लगाइएका थिए। यी फ्ल्यासहरू क्षुद्रग्रह २०२४ यूक्यूको प्रभाव र यसको मार्ग पहिचान गर्नका लागि पर्याप्त थिए।
ईएसएका अनुसार यो क्षुद्रग्रह सन् २०२४ मा पत्ता लागेको तेस्रो “तत्काल प्रभाव पार्ने क्षुद्रग्रह” थियो। सन् २०२४ मा पृथ्वीमा प्रभाव पर्नुअघि केही घण्टाभित्र पत्ता लागेको अन्य दुई क्षुद्रग्रहहरू पनि छन्।
पहिलोलाई २०२४ बीएक्स१ भनेर चिनिन्छ। यसको व्यास लगभग ३.३ फीट (१ मीटर) थियो र जनवरीमा जर्मनीको बर्लिनमा कुनै हानी नोक्सानी नपुर्याई जलेर नष्ट भयो। अर्को २०२४ आरडब्लू१ गत ४ सेप्टेम्बरमा फिलिपिन्समा विस्फोट भयो।
अन्तरिक्षका एजेन्सीहरू विश्वभरका आकाशीय पिण्डहरूको पहिचान र ट्र्याकिङ गर्ने प्रयासहरूलाई प्रमुख प्राथमिकताका रूपमा लिइरहेका छन्। एटीएलएएस सर्वे, क्याटालिना स्काई सर्वे, ईएसएको एनईओसीसी र यस्ता अन्य परियोजनाहरू बाहेक नासा नयाँ इन्फ्रारेड टेलिस्कोप ” एनईओ सर्वेयर” विकास गर्दैछ जुन सम्भावित रूपमा खतरनाक पृथ्वीको नजिकका आकाशीय पिण्डहरूको खोजी गर्नेछ।
तर यो सबै केवल पत्ता लगाउने र ट्र्याकिङ गर्ने बारे मात्र छैन। यदि कहिल्यै आवश्यकता परेमा, अन्तरिक्ष एजेन्सीहरूले आकाशीय पिण्डलाई मार्ग परिवर्तन गर्ने विधिहरू परीक्षण गर्दैछन्।
सन् २०२२ मा नासाको डार्ट डीएआरटी मिशनले एउटा दोहोरो क्षुद्रग्रह प्रणालीमा प्रभाव पार्ने प्रयास गरेको थियो जसले यसको मार्ग परिवर्तन गर्न सफल भएको थियो। चीनले पनि सन् २०३० सम्म क्षुद्रग्रहलाई डिफ्लेक्ट गर्नको लागि आफ्नो मिशन विकास गर्दैछ।
प्रकाशित: २९ कार्तिक २०८१, बिहीबार