दुईओटा स्याटेलाइटमार्फत सोनीले लेजर कम्युनिकेशन परीक्षण गर्ने

  • Technology Khabar | २९ कार्तिक २०८१, बिहीबार
दुईओटा स्याटेलाइटमार्फत सोनीले लेजर कम्युनिकेशन परीक्षण गर्ने

काठमाडौं ।

सोनीले क्यालिफोर्नियाको एस्ट्रो डिजिटलसँग साझेदारी गरेर दुईवटा साना स्याटलाइटबाट लेजर कम्युनिकेशन परीक्षण गर्ने योजना बनाएको छ। यसका लागि जापानी कम्पनीले सीडी प्लेयरको लागि विकास गरेको अप्टिकल डिस्क टेक्नोलोजी प्रयोग गरिनेछ।

कम्पनीहरूले नोभेम्बर १२ मा दिएको प्रेस विज्ञप्ति अनुसार यी दुई स्याटलाइटहरू एस्ट्रो डिजिटलको कोर्भस स्याटलाइट प्लेटफर्ममा आधारित हुनेछ र २०२६ मा प्रक्षेपणको लागि तयार हुनेछन्।

प्रत्येक स्याटलाइटमा सोनी स्पेस कम्युनिकेशन्स कर्पोरेशन एसएससीसीबाट लेजरकम अप्टिकल टर्मिनल लगाइनेछ। एसएससीसी क्यालिफोर्नियामा आधारित सोनीको सहायक कम्पनी हो, जसले २०२२ मा आफ्नो प्रविधिलाई व्यवसायिक बनाउन स्थापना गरिएको हो।

यसअघि एसएससीसीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र जापानको ग्राउन्ड स्टेशन बीच परीक्षण गरिसकेको छ।

स्पेसन्युजका अनुसार एसएससीसीको उद्देश्य उच्च डाटा-रेट अप्टिकल लिंकको परीक्षण गर्नु हो, जसमा स्याटलाइट र ग्राउन्ड स्टेशन बीच र आपसमा लो अर्थ अर्बिटमा कम्युनिकेशन हुनेछ।

एसएससीसीका अध्यक्ष क्योहेई इवामोतो का अनुसार यो कम्पनीले अन्य उपकरणहरू भन्दा साना, हल्का, र कम पावरमा चल्ने टर्मिनल प्रदर्शित गर्ने योजना बनाएको छ, जसले गर्दा साना स्याटलाइटहरूले रेडियो वेभहरूमा निर्भर नभई उच्च गतिको लेजर कम्युनिकेशनको प्रयोग गर्न सक्नेछन्।

एस्ट्रो डिजिटलका सीईओले स्पेसन्युजलाई बताए अनुसार कम्पनीले १० किलोग्रामभन्दा साना स्याटलाइटहरू बनाउनमा विशेषज्ञता हासिल गरेको भए पनि यस परीक्षणका लागि प्रयोग गरिने स्याटलाइटहरू कम्तीमा ५० किलोग्रामका हुनेछन्।

एसएससीसीले आफ्नो लेजरकम टर्मिनलका लागि ग्राहकहरू पहिल्यै सुनिश्चित गरेको छ तर थप विवरण सार्वजनिक गरेको छैन।

यस बखत थुप्रै कम्पनीहरूले साना र प्रभावकारी लेजर कम्युनिकेशनको बढ्दो बजारमा प्रतिस्पर्धा गरिरहेका छन्, जसमध्ये स्पेसएक्स को नाम पनि उल्लेखनीय छ। अमेरिकी स्पेस डेभलपमेन्ट एजेन्सी बाट आएको मागले पनि यस क्षेत्रमा उल्लेखनीय वृद्धि गरेको छ।

लेजर टेक्नोलोजीलाई अन्तरिक्ष-आधारित उच्च गतिको संचारको एक महत्वपूर्ण विकल्पको रूपमा हेरिएको छ किनकि लो अर्थ अर्बिट स्याटलाइटहरूको वृद्धिले सीमित रेडियो स्पेक्ट्रममा दबाब बढाइरहेको छ।

यसैबीच गत अगस्टमा मुस्तफा भेजिरोग्लुले माइनारिकको सीईओ पदबाट राजीनामा दिएका थिए, किनकि कम्पनीले बढ्दो मागलाई पूरा गर्न आफ्नो लेजर टर्मिनलको उत्पादन बढाउन कठिनाइको सामना गरिरहेको थियो।

प्रकाशित: २९ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...