एप्पलले स्मार्ट होम क्यामरा लन्च गर्ने, नयाँ एयरपड्स सन् २०२६ मा आउने

  • Technology Khabar | २९ कार्तिक २०८१, बिहीबार
एप्पलले स्मार्ट होम क्यामरा लन्च गर्ने, नयाँ एयरपड्स सन् २०२६ मा आउने

काठमाडौं ।

एप्पल स्मार्ट होम क्यामरा बजारमा प्रवेश गर्न तयार हुँदैछ भनि एप्पल–सम्बन्धित अफवाहहरूको लागि प्रख्यात मानिने गरिएका मिङ–ची कुओको नयाँ रिपोर्टले उल्लेख गरेको छ।

यस डिभाइस (उपकरण) को मास प्रोडक्सन (वृहत उत्पादन) भने सन् २०२६ को लागि निर्धारित गरिएको उल्लेख छ। साथै एप्पल स्पष्ट रूपमा आफ्नो नयाँ प्रोडक्ट क्याटेगरीको बारेमा धेरै आशावादी रहेको बताइएको छ।

आफ्नो नयाँ प्रोडक्टको वार्षिक ढुवानीलाई “लाखौंमा” लक्षित गर्दै विशेष गरी, कम्तिमा १० मिलियन पुर्याउने कम्पनीको योजना भएको थप उल्लेख गरिएको छ। साथै सम्पूर्ण विश्वव्यापी बजार प्रति वर्ष लगभग ३०–४० मिलियन एकाइ रहेको हुनाले यो निकै महत्त्वपूर्ण हुने बताइएको छ।

वायरलेस क्यामरालाई एप्पलको इकोसिस्टममा निर्बाध रूपमा एकीकृत गर्न डिजाइन गरिनेछ भने जसमा एप्पल इन्टेलिजेन्स र सिरी दुवै सलग्न रहने छन्।

त्यसगरी एप्पलले एप्पल वाच लाइनको लागि नियोजित समान रणनीतिको सफलता पछ्याउँदै स्वास्थ्य व्यवस्थापनमा ध्यान केन्द्रित गर्न एयरपडहरू पुनर्स्थापित गर्ने भएको सोही स्रोतले बताएको छ।

त्यसैले, भविष्यका एयरपड्स थप स्वास्थ्य व्यवस्थापन सुविधाहरूको साथ आउने भएका छन् र यसले एयरपड्सको बिक्री गत वर्ष लगभग ४८ मिलियन युनिटबाट यस वर्ष ५३–५५ मिलियन, अर्को वर्ष ५८–६२ मिलियन र सन् २०२६ मा ६५–६८ मिलियनमा बढाउन मद्दत गर्नेछ। साथै सन् २०२६ मा नयाँ मोडेल पनि आउँदैछ भनि जीएसएमएरिनाले ल्लेख गरेको छ।

प्रकाशित: २९ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...