बेलायती मिडिया द गार्डियनले अबदेखि सोशल मिडिया एक्समा पोस्ट नगर्ने, विषाक्त प्लेटफर्म भएको आरोप

  • Technology Khabar | २८ कार्तिक २०८१, बुधबार
बेलायती मिडिया द गार्डियनले अबदेखि सोशल मिडिया एक्समा पोस्ट नगर्ने, विषाक्त प्लेटफर्म भएको आरोप

काठमाडौं ।

बेलायती मिडिया द गार्डियनले अबदेखि सोशल मिडिया साइट एक्स (पहिले ट्विटर) मा कुनै पनि आधिकारिक गार्जियन सम्पादकीय खाताहरूमा पोस्ट नगर्ने घोषणा गरेको छ।

पाठकहरुबाट प्राप्त सहयोगमा आधारित रहेर संचालित मिडियाले अब एक्समा नकारात्मकता धेरै भएको भन्दै आफ्नो शक्ति र स्रोत अन्यत्र खर्च गर्ने बताएको छ।

“हामीलाई लाग्छ कि एक्समा हुनुका फाइदाहरूलाई अब नकरात्मकहरूले ओझेलमा परेका छन् र हाम्रो पत्रकारितालाई अन्यत्र प्रवर्द्धन गर्नका लागि स्रोतहरूलाई अझ राम्रोसँग प्रयोग गर्न सकिन्छ,” गार्डियनले भनेको छ (अनुवादित), “यो त्यस्तो चीज हो जुन हामीले लामो समयदेखि यस प्लेटफर्ममा प्रचारित वा फेला परेको डरलाग्दो सामग्रीलाई ध्यानमा राख्दै आएका छौं, जसमा दक्षिणपन्थी षड्यन्त्र सिद्धान्तहरू र जातिवाद समावेश छ।”

यसका साथै संस्थाले अमेरिकी राष्ट्रपतिको चुनावी अभियानले संस्थाले लामो समयदेखि विचार गरेको कुरालाई रेखांकित गर्ने मात्र काम गरेको भन्दै एक्स एक विषाक्त मिडिया प्लेटफर्म भएको आरोप लगाएको छ। यसको लागि, एक्सका मालिक इलन मस्कले राजनीतिक छलफललाई आकार दिन यसको प्रभाव प्रयोग गर्न सक्षम भएको उल्लेख गरेको छ।

आफूले कन्टेन्ट सेयर नगरेपनि एक्स प्रयोगकर्ताहरूले अझै पनि लेखहरू साझेदारी गर्न सक्षम हुने बताएको छ। यसैगरी प्रत्यक्ष समाचार रिपोर्टिङको लागि अझै पनि आफ्ना लेख पृष्ठहरूमा एक्सबाट सामग्री इम्बेड गर्ने जनाएको छ।

द गार्डियनले सामाजिक सञ्जाल समाचार संस्थाहरूको लागि महत्त्वपूर्ण उपकरण हुन सक्ने भन्दै लेखेको छ, “हामीलाई नयाँ श्रोताहरूसम्म पुग्न मद्दत गर्न सक्छ तर यस बिन्दुमा, एक्सले हाम्रो कामलाई बढावा दिन कम भूमिका खेल्छ।”

संस्थाले आफ्नो पत्रकारिता वेबसाइटमा उपलब्ध रहेको र सबैका लागि खुला रहेको भन्दै वेबसाइटमा नै पढ्नका लागि आउन पाठकहरुलाई आग्रह गरेको छ।

प्रकाशित: २८ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार