लोगोस स्पेसले ३,९६० स्याटेलाइटको साथ लियो कन्स्टलेसन बनाउने, नियामकमा दियो आवेदन

  • Technology Khabar | २८ कार्तिक २०८१, बुधबार
लोगोस स्पेसले ३,९६० स्याटेलाइटको साथ लियो कन्स्टलेसन बनाउने, नियामकमा दियो आवेदन
सांकेतिक तस्विर

काठमाडौं ।

लोगोस स्पेसले ३,९६० स्याटेलाइट लियो कन्स्टलेसनको लागि एफसीसीमा आवेदन फाइल गरेको छ।

स्पेस स्टार्टअप लोगोस स्पेसले ८६० किमी र ९२५ किलोमिटर उचाइ बीचको सात शेलहरूमा तैनात ३,९६० भूउपग्रहहरूको पृथ्वीको तल्लो कक्ष (लियो)मा नेटवर्क निर्माण र प्रक्षेपण गर्न अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) मा एक आवेदन दायर गरेको छ।

लोगोस प्रणाली स्टारलिंक/कुईपरको माथि तर वनवेब/टेलिस्याटको तल बस्नेछ।

यो कुईपर, वनवेब/टेलिस्याटको लाइटस्पीड र वनवेबको नेटवर्क भन्दा ठूलो हुनेछ।

ययसमा का (Ka-), क्यूभी (Q/V-), र ई(E-) ब्यान्ड फ्रिक्वेन्सीहरू प्रयोग गरिनेछन्, उच्च फ्रिक्वेन्सीहरु अन्तर-स्याटेलाइट लिङ्कहरूको लागि आरक्षित गरिएको छ। नेटवर्कले २० मेगाहर्ट्ज ब्यान्डविथबाट सुरु हुने अत्यन्तै साँघुरो बीमहरू पनि देखाउनेछ, जसले हस्तक्षेपको प्रतिरोधलाई बढाउने बताईएको छ।

गुगल मिलो मेडिनमा वायरलेस सेवाका पूर्व उपाध्यक्ष र स्पेसएक्सका पूर्व डायरेक्ट-टू-सेल नेटवर्क सह-नेता रामा अकेलाद्वारा स्थापित यस कम्पनीले थोमस टुलको युएस इनोभेटिभ टेक्नोलोजी कोषबाट समर्थन प्राप्त गरेको छ।

प्रकाशित: २८ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार