जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

  • Technology Khabar | २८ कार्तिक २०८१, बुधबार
जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

काठमाडौं ।

जापानले सन् २०३० को दशकको शुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा १० प्रतिशतसम्म बायोइथानोल मिश्रित पेट्रोल आपूर्ति सुरु गर्न आग्रह गर्ने लक्ष्य राखेको छ।

मन्त्रालयले यो परिवर्तनलाई कानुनमार्फत अनिवार्य बनाउनेबारे पनि सोचिरहेको बताइएको छ।

“यसबाहेक, मन्त्रालयले अर्को ग्रीष्म ऋतुसम्ममा अन्तिम रूप दिने अपेक्षा गरिएको एक कार्य योजना तयार गरिरहेको छ र बायोइथानोल–मिश्रित ईन्धनहरू समायोजित गर्न ग्याँस स्टेशनहरूमा आवश्यक तयारीका लागि सहयोग गर्नेछ,” रिपोर्टमा भनिएको छ।

मकै र उखुबाट बनेको बायोइथानोलले प्रकाश संश्लेषणको क्रममा कार्बन डाइअक्साइड सोस्छ।

यो प्राकृतिक प्रक्रियाले बायोइथानोल–मिश्रित ईन्धन जलाउँदा उत्पन्न कार्बन डाइअक्साइड उत्सर्जनलाई नियन्त्रण गर्न मद्दत गर्ने विश्वास गरिएको छ। रासस/एएफपी

प्रकाशित: २८ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार