
काठमाडौं ।
ओप्पोले गत महिना चीनमा आफ्नो फाइन्ड एक्स८ र फाइन्ड एक्स८ प्रो घोषणा गर्दै दुवै डिभाइस अन्तर्राष्ट्रिय रूपमा कुनै बिन्दुमा उपलब्ध गराउने वाचा गरेको थियो। यसै क्रममा ब्रान्डले अब नोभेम्बर २१ तारिखमा इन्डोनेसियाको बालीमा फाइन्ड एक्स८ सिरिजलाई विश्वव्यापी रुपमा लन्च गर्ने मितिको पुष्टि गरेको छ।
ओप्पोको उक्त इभेन्ट स्थानीय समय अनुसार दिउँसो १ बजे (जीएमटी+८) मा सुरु हुनेछ र यसले कलरओएस १५ को ग्लोबल लन्चलाई पनि मार्क गर्नेछ जुन नयाँ फाइन्ड एक्स८ सिरिजका फोनहरूमा डेब्यु हुने उल्लेख गरिएको छ।
फाइन्ड एक्स८ र फाइन्ड एक्स८ प्रोले मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेट, ५० एमपी (मेगापिक्सेल) ह्यासलब्लाड क्यामरा र प्रभावशाली सिलिकन–कार्बन ब्याट्रीहरू फिचर गर्नेछन्। फाइन्ड एक्स८ मा ५,६३० एमएएच र फाइन्ड एक्स८ प्रो मा ५९१० एमएएच ब्याट्रीहरू समावेश गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २७ कार्तिक २०८१, मंगलवार