स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बिच भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

  • Technology Khabar | २५ कार्तिक २०८१, आईतवार
स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बिच भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौं ।

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (माईपे वालेट) बिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्ने बताईएको छ।

क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो।

स्मार्टच्वाईसको कार्यलयमा आयोजित कार्यक्रममा स्मार्टच्वाईसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माईपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका हुन्।

स्मार्ट क्युआर मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालैे फर्स्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात माईपे वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने उल्लेख छ।

प्रकाशित: २५ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...