साना कृषकलाई उपयोगी हाते औजारको ‘मोडलिङ एण्ड एनालाइसिस’ पठाउनुस्, नगद पुरस्कार जित्नुस्

  • Technology Khabar | २५ कार्तिक २०८१, आईतवार
साना कृषकलाई उपयोगी हाते औजारको ‘मोडलिङ एण्ड एनालाइसिस’ पठाउनुस्, नगद पुरस्कार जित्नुस्

काठमाडौं ।

साना कृषकहरुलाई उपयोगी हुने कुनै पनि कृषिको साना र हाते औजारको कम्प्युटरमा Modelling and Analysis गरेर पठाएमा पुरस्कार पाउन सकिने भएको छ।

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले एक्स एकाउन्टमा एउटा पोस्ट राख्दै यस्तो प्रस्तावको आह्वान गरेका हुन्।

उनले स्टाटसमा लेखेका छन्, ‘लौ आउनुहोस, रु. १५ हजार नगद पुरस्कार जित्नु होस, इञ्जिनियरिङ पढि रहेको वा पढि सकेका जो कसैले पनि साना कृषकहरुलाई उपयोगी हुने कुनै पनि कृषिको साना र हाते औजारको कम्प्युटरमा Modelling and Analysis गरेर पठाउन प्रस्ताव आह्वान गरिन्छ।’

यो पोस्ट अनुसार यस प्रकारको प्रस्ताव सर्वसाधारणका लागि नभई इञ्जिनियरिङ पढिरहेका वा पढिसकेका प्रविधिकहरुका लागि आह्वान भएको हो।

पोस्टमा प्रस्ताव छनौट भएको खण्डमा पुरस्कार पाइने उल्लेख छ। यसबाहेक सो औजार प्रस्तावकर्ता आफैंले बनाउन चाहेमा पनि पनि नमुना बनाउन चाहिने पूर्ण सहयोग पाइने प्रस्ट पारिएको छ। ईच्छुक प्राविधिकले उक्त प्रस्ताव [email protected] (वीरगञ्ज कृषि औजार कारखाना) मा पठाउन सक्ने उल्लेख छ।

प्रकाशित: २५ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...