विश्वका ७ प्रतिस्पर्धीलाई पछि पार्दै नास्टका भूकम्पविद् सुवेदीले पाए ‘द जोन म्याडक्स प्राइज २०२४ अन्तर्गतको ‘जज कमेन्डेशन अवार्ड’

  • Technology Khabar | २३ कार्तिक २०८१, शुक्रबार
विश्वका ७ प्रतिस्पर्धीलाई पछि पार्दै नास्टका भूकम्पविद् सुवेदीले पाए ‘द जोन म्याडक्स प्राइज २०२४ अन्तर्गतको ‘जज कमेन्डेशन अवार्ड’

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक भूकम्पविद् डा. शिव सुवेदीले चर्चित साइन्स जर्नल ‘नेचर’ बाट प्रदान गरिने The John Maddox Prize Commendation Award 2024 प्राप्त गरेका छन्।

उनले आफूसँगै शर्टलिस्टमा परेका विश्वका अन्य देशका ७ जना वैज्ञानिकहरुलाई पछि पार्दै उक्त पुरस्कार प्राप्त गरेका हुन्। संस्थाले गत अक्टोबर ३० तारिखका दिन सुवेदी सहित ८ जनालाई उक्त पुरस्कारका लागि शर्टलिस्ट गरेको थियो।

शर्टलिस्टमा परेका वैज्ञानिकहरु

शर्टलिस्ट गरिएका मध्येबाट गत नोभेम्बर ६ तारिखमा अन्तिम विजेता घोषणा गरिएको थियो। सुवेदीले ६ तारिखको साँझ आफ्नो एक्स एकाउन्टमा ‘आजको साँझ निकै महत्वपूर्ण रहेको छ र मलाई शर्टलिस्टमा राखिदिनुभएकोमा धन्यवाद’ भन्ने आशयको पोस्ट राखेका थिए।

यस्तै उनले हिजो बिहीबार एक्स एकाउन्टमै आफूले पाएको पुरस्कारको प्रमाणपत्रको आधिकारिक फोटोसहित ‘म जोन म्याडक्स प्राइज २०२४ को जज कमेण्डेशन पुरस्कारबाट पुरस्कृत भएकोमा म सबैप्रति आभारी छु। यो सुन्दर सराहनाका लागि सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु’ भन्ने आशयको पोस्ट राखेका थिए।

डा. सुवेदीले पाएको प्रमाणपत्र

स्विजरल्याण्टको युनिभर्सिटी अफ लुजानबाट सिस्मोलोजीमा पीएचडी र पोस्ट डक्टरेट गरेका सुवेदी हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) भूकम्पविद्का रुपमा कार्यरत छन्।

नेपाली समाजमा ‘भूकम्पका बारेमा अझ राम्ररी सचेतना र तयारीका लागि अभियानमा समर्पणको सराहना गर्दै उक्त पुरस्कार दिइएको हो। ‘स्ट्याण्ड फर साइन्स’ भन्ने मूल नारा रहेको उक्त संस्थाले डा. सुवेदी ‘विज्ञानका लागि सदैव तत्पर’ भएको आशय पनि व्यक्त गरेको छ।

प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार