Technology Khabar २३ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
आईप्याड प्रो मोडेलहरूमा प्रोमोशन डिस्प्ले प्रविधि समावेश गरिएको छ जसमा १२० हर्जसम्मको रिफ्रेश रेट आउँछ। तर साधारण र आईप्याड एयर सिरिजमा यो सुविधा वर्षौंदेखि उपलब्ध छैन।
यो स्थिति २०२५ सम्म परिवर्तन हुन सक्ने देखिएङ्को छ किनभने केही रिपोर्टहरूमा एप्पलले आईप्याड एयर र आईम्याक स्क्रिनहरूमा ९० हर्ज डिस्प्ले प्रविधि ल्याउने योजना बनाएको न्युज१८ले उल्लेख गरेको छ।
यो अपडेटको स्रोत पूर्ण विश्वसनीय नभए पनि ब्लूमबर्गले यसअघि २०२५ को सुरुवातमा नयाँ आईप्याड एयर मोडेल आउनेबारे कुरा गरेको थियो। त्यसैले यी दुवै कुरा मिलेर यस प्रविधिमा थप सुधार आउने सम्भावना देखाउँछन्।
यो चाखलाग्दो कुरा हो कि एप्पलले आईप्याड, आईम्याक र महँगो स्टुडियो डिस्प्ले लाइनअपमा पनि अझै ६० हर्ज डिस्प्लेमै अडिग रहँदै आएको छ जबकि उच्च रिफ्रेश रेट स्क्रिनहरू अहिले अधिकांश उपकरणहरूमा आवश्यक मानिन्छन्।
आईफोन १६ र १६ प्लसमा पनि सामान्य रेटिना डिस्प्ले नै राखिएको छ जुन १६ प्रो मोडेलहरूको तुलनामा कम सजीव अनुभव दिन्छ। ९० हर्ज डिस्प्ले ल्याउनु अपरिहार्य जस्तै देखिन्छ तर एप्पलले आफ्ना सबै उत्पादनहरूमा प्रोमोशन प्रविधि ल्याओस् भन्ने सबैको अपेक्षा छ। यो परिवर्तन आईफोन १७ लाइनअपमा हुने सम्भावना छ जुन अर्को वर्ष बजारमा आउने अपेक्षा रहेको न्युज१८ ले उल्लेख गरेको छ।
प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार