अमेजनले डाटा सेन्टर व्यवसायका लागि इटलीमा १.३ अर्ब डलर लगानी गर्ने

Technology Khabar २३ कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।

अमेजनको कम्प्युटिङ एकाइ अमेजन वेब सर्भिस (एडब्लूएस) ले बिहीबार आगामी पाँच वर्षमा इटालीमा थप डाटा सेन्टर व्यवसाय विस्तार गर्न १.२ अर्ब युरो (१.३ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको घोषणा गरेको छ।

रोयटर्सका अनुसार यो योजना यूरोपमा आफ्नो क्लाउड सेवा बढाउने प्रवृत्तिको एक हिस्सा हो जसअन्तर्गत एडब्लूएसले इटालीमा आफ्नो पहिलो क्लाउड क्षेत्र सन् २०२० मा सुरु गरेको थियो र सन् २०२९ सम्म २ अर्ब युरो लगानी गर्ने लक्ष्य राखेको छ।

यो लगानीले सन् २०२९ सम्म एडब्लूएस डाटा सेन्टर आपूर्ति शृंखलामा ५ हजार ५ सयसम्म रोजगारीलाई समर्थन गर्ने कम्पनीले एक विज्ञप्तिमा बतायो। यी रोजगारी निर्माण, सुविधा मर्मत, इन्जिनियरिङ, टेलिकम्युनिकेसन, र स्थानीय अर्थतन्त्रमा व्यापक रूपमा फैलिएका कार्यहरूमा हुनेछन्।

गत मे महिनामा रोयटर्सले अमेजन वेब सर्भिसले इटालीमा आफ्नो व्यवसाय विस्तार गर्न अरबौं युरो लगानी गर्नेबारे रोमसँग वार्ता गरिरहेको रिपोर्ट गरेको थियो।

एडब्लूएसका इटालीमा ग्राहकहरूमा लक्जरी कार निर्माता फेरारी र बीमा कम्पनी Assicurazioni Generali जस्ता कम्पनीहरू सामेल छन् यसको वेबसाइटमा देखाइएको छ। एडब्लूएसले आफ्नो डेटा सेन्टर गतिविधिलाई मिलानमा विस्तार गर्ने इटालीको दैनिक पत्रिका Il Sole 24 Ore ले बिहीबार बताएको छ।

मे महिनामा एडब्लूएसले स्पेनको उत्तरपूर्वी अरागोन क्षेत्रमा डेटा सेन्टरहरूमा १५.७ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो र सन् २०४० सम्म जर्मनीमा ७.८ अर्ब युरो लगानी गर्ने योजना बनाएको थियो।

प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया