सूर्यबाट फेरि निस्कियो भयानक शक्तिशाली ‘एक्स २.३’ सौर्य ज्वाला, रेडियो सिग्नल ब्ल्याकआउट

  • Technology Khabar | २३ कार्तिक २०८१, शुक्रबार
सूर्यबाट फेरि निस्कियो भयानक शक्तिशाली ‘एक्स २.३’ सौर्य ज्वाला, रेडियो सिग्नल ब्ल्याकआउट
फाइल तस्बि्

काठमाडौं ।

सूर्यले दुई दिन अघि बिहान एउटा शक्तिशाली एक्स२.३ -स्तरको सौर्य ज्वाला (सोलर फ्लेयर) विस्फोट गर्यो जसले रेडियो ब्ल्याकआउट गरायो। यो एक्स-स्तरको सौर्य ज्वाला सूर्यकोएआर ३८८३ नामको एक सौर्य धब्बा क्षेत्रबाट बिहान ८:४० ईटी (१३:४० यूटीसी) मा छुटेको थियो।

सौर्य धब्बाहरु सूर्यको चिसा र अँध्यारा क्षेत्रहरु हुन् जसको आकार ग्रहको जत्रो हुन्छ र जहाँ सूर्यको बलियो चुम्बकीय क्षेत्र सतहसम्म आउँछ। यो सौर्य धब्बा क्षेत्रबाट आएको अहिलेसम्मकै सबभन्दा शक्तिशाली ज्वाला हो।

स्पेसवेदर डटकमका अनुसार वैज्ञानिकहरु यो ज्वालासँग सम्बन्धित कुनै कोरोनल मास इजेक्शनले सीएमई) पृथ्वीमा असर गर्नेछ कि गर्ने छैन भन्ने पत्ता लागोस् भनेर नासा  र युरोपियन स्पेस एजेन्सीको सोलर एण्ड हेलियोस्फियरिक अब्जरभेटरी (SOHO) अन्तरिक्षयानको कोरोनोग्राफबाट प्राप्त हुने डाटा पर्खिरहेका छन्।

सीएमई हरु चुम्बकीय क्षेत्र र प्लाज्माका स्तम्भहरु हुन्, जुन पृथ्वीमा पुगेमा भूचुम्बकीय आँधी ल्याउन सक्छन्, जसले अरोरा (उत्तरी आकाशमा देखिने रंगीन प्रकाशहरु) उत्पन्न गर्न सक्दछ।

भिडियो हेर्नुहोस्

स्पेस डटकमका अनुसार सौर्य ज्वालाहरु चार स्तरमा वर्गीकृत गरिन्छन्, जसमा प्रत्येक स्तर तल्लो स्तरको भन्दा दश गुणा शक्तिशाली हुन्छ। एक्स-स्तरको ज्वाला सबैभन्दा शक्तिशाली हो र त्यसको मुनिको स्तर एम-स्तरको हुन्छ। अक्षरसँग संलग्न संख्या भने व्यक्तिगत ज्वालाको शक्तिको सूचक हो जुन यस अवस्थामा २.३ थियो।

नेशनल ओशियनिक एण्ड एट्मस्फियरिक एडमिनिस्ट्रेशन (एनओएए) को स्पेस वेदर प्रेडिक्शन सेन्टर (एसडब्लूपीसी) अनुसार यो ज्वाला R3-Strong स्तरमा थियो, जुन रेडियो ब्ल्याकआउटको लागि छुट्टै मापन हो र सौर्य ज्वालाले पृथ्वीमा पार्न सक्ने विभिन्न प्रभावहरुलाई सूचित गर्छ।

प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

चोरीसिकारी नियन्त्रण गर्न सिसी क्यामरा

  • Technology Khabar
  • २३ कार्तिक २०८१, शुक्रबार