शनिबार २० ओटा स्टारलिंक इन्टरनेट स्याटेलाइट प्रक्षेपण गर्दै स्पेसएक्स

Technology Khabar २२ कार्तिक २०८१, बिहीबार

काठमाडौं ।

स्पेसएक्स शनिबार बिहान (नोभेम्बर ९) क्यालिफोर्नियाबाट २० वटा स्टारलिंक इन्टरनेट उपग्रह प्रक्षेपण गर्नेछ। स्टारलिंक उपग्रह बोकेको फाल्कन ९ रकेट शनिबार बिहान १:१६ बजे ईएसटी  (०५:१६ जीएमटी; क्यालिफोर्निया समय अनुसार नोभेम्बर ८ राति १०:१६ बजे) भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट प्रक्षेपण हुनेछ।

स्पेसएक्सले प्रक्षेपणको प्रत्यक्ष प्रसारण एक्स मार्फत लिफ्टअफ हुनु करिब पाँच मिनेट अगाडिबाट सुरु गर्ने स्पेस डटकमले उल्लेख गरेको छ।

सबै योजना अनुसार भएमा फाल्कन ९ को पहिलो चरण प्रक्षेपणको करिब आठ मिनेटपछि पृथ्वीमा फर्केर प्रशान्त महासागरमा राखिएको “Of Course I Still Love You” नामको ड्रोनसिपमा ठाडो अवतरण गर्नेछ। यो बूस्टरको यो ११औं प्रक्षेपण र अवतरण हुनेछ।

फाल्कन ९ को माथिल्लो चरण भने पृथ्वीको निम्न कक्ष अर्थात् लो अर्थ अर्बिटमा यात्रा जारी राख्नेछ र लिफ्टअफ पछि करिब ६० मिनेटमा २० स्टारलिंक उपग्रहहरुलाई त्यहाँ छुट्याउनेछ।

स्पेसएक्सले यस वर्ष फाल्कन ९ का १०० भन्दा बढी मिशनहरु प्रक्षेपण गरिसकेको छ, जसको दुई-तिहाइ स्टारलिंक नेटवर्क विस्तार गर्न समर्पित गरिएको छ।

हाल यो ठूलो र बढ्दो स्टारलिंक समूहमा करिब ६,५०० सक्रिय उपग्रहहरु छन्, भनी खगोलभौतिक विज्ञानी र उपग्रह ट्र्याकर जोनाथन म्याकडोवेलले उल्लेख गरेका छन्।

प्रकाशित: २२ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया