मारुती सुजुकीका आगामी स्मार्ट कारमा क्वालकमको नयाँ स्न्यापड्रागन चिपसेट प्रयोग गरिने दाबी

  • Technology Khabar | २२ कार्तिक २०८१, बिहीबार
मारुती सुजुकीका आगामी स्मार्ट कारमा क्वालकमको नयाँ स्न्यापड्रागन चिपसेट प्रयोग गरिने दाबी

काठमाडौं ।

मारुती सुजुकीले आफ्नो अर्को पुस्ताको स्मार्ट गाडीहरूको लागि क्वालकमसँग साझेदारी गर्ने नयाँ रिपोर्टले दाबी गरेको छ। यद्यपि यस बारेमा दुई कम्पनीहरुले आधिकारिक रूपमा पुष्टि नगरेको भए तापनि नयाँ स्न्यापड्रागन ककपिट एलिट र राइड एलिट चिप्सको बलियो सम्भव रहेको उल्लेख गरिएको छ।

अन्य नयाँ स्न्यापड्रागन चिपहरू जस्तै यी चिप्सहरु ओरियोन सीपीयूमा आधारित छन् भने क्वालकमको शक्तिशाली जीपीयू र एनपीयूका साथै उन्नत अडियो र डिस्प्ले फिचर्ससँग कम्बाइन गरिएको उल्लेख छ। तथापि, प्रत्येक चिपको फरक जिम्मेवारी रहेको थप उल्लेख गरिएको छ।

स्न्यापड्रागन ककपिट एलिटले इन्फोटेनमेन्ट सिस्टम रन गर्छ भने स्न्यापड्रागन राइड एलिटले सेल्फ ड्राइभिङ सिस्टम लगायत कारको सञ्चालनसँग सम्बन्धित सबै कुरा ह्यान्डल गर्छ।

त्यसैगरी सुजुकीले भर्खरै मात्र आफ्नो नयाँ ई–भिटारा अनावरण गरेको छ जुन सन् २०२५ को वसन्तमा भारत, युरोप र जापानमा बिक्री हुनेछ। साथै कार भित्रका इलेक्ट्रोनिक्स बरे थोरै मात्र विवरणहरू उपलब्ध भएकाले यसमा क्वालकम चिपहरू प्रयोग गरिएको छ वा छैन भनेर कुनै स्पष्ट नभएको उल्लेख गरिएको छ।

केही भारतीय कार निर्माताहरू – महिन्द्रा एण्ड महिन्द्रा र टाटा मोटर्सले क्वालकमसँग साझेदारीको घोषणा गरिसकेका छन्। स्न्यापड्रागन चिप्स महिन्द्रा स्कर्पियो–एन र एक्सयूभी७०० का साथै टाटा कर्भ डट ईभी जस्ता कारहरूमा प्रयोग गरिने एरिनाईभीले उल्लेख गरेको छ।

प्रकाशित: २२ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...