तेस्रो त्रैमासमा ट्रम्प मिडियाले ब्यहोर्यो १९.२ मिलियन डलरको घाटा

Technology Khabar २२ कार्तिक २०८१, बिहीबार

काठमाडौं ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मिडिया कम्पनीले तेस्रो त्रैमासमा १९.२ मिलियन डलर को शुद्ध घाटा भएको रिपोर्ट गरेको छ। यसको मुख्य कारण कानुनी शुल्क र टिभी स्ट्रिमिङ सम्झौतासँग सम्बन्धित खर्चहरू रहेको कम्पनीले जनाएको छ।

यो रकममा अगस्टमा टिभी स्ट्रिमिङ प्रविधिको अधिग्रहणबाट उत्पन्न १२.१ मिलियन डलरको कानुनी शुल्कहरू र मार्चमा भएको एसपीएसी सम्झौतासँग सम्बन्धित बाँकी शुल्कहरू पनि समावेश रहेको ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले बताएको छ। कम्पनीले ३.९ मिलियनको अनुसन्धान र विकास खर्च पनि रिपोर्ट गरेको छ।

कम्पनीको सेयरले विस्तारित व्यापारमा पहिलेको घाटा उल्टाएको र अन्तिममा करिब २% माथि व्यापार भइरहेको उल्लेख गरिएको छ।

रोयटर्सले उल्लेख गरे अनुसार यो रिपोर्ट अमेरिकाको राष्ट्रपतिको चुनावको अन्तिम चरणमा आएको हो जहाँ सर्वेक्षणहरूले ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समान प्रतिस्पर्धामा देखाइरहेका छन् र संसार आधुनिक अमेरिकी इतिहासका सबैभन्दा असाधारण चुनावको नतिजा पर्खिरहेको छ।

ट्रुथ सोशल मिडिया प्लेटफर्म सञ्चालन गर्ने ट्रम्प मिडियाको सेयरमा पछिल्ला केही दिनमा निकै उतार-चढाव देखिएको छ जसले ट्रम्पको चुनावी सम्भावनाको प्रोक्सीको रूपमा काम गरिरहेको आकलन गरिएको छ।

ट्रम्प मिडियाले सेप्टेम्बरमा समाप्त भएको त्रैमासको लागि १ मिलियन डलरको आम्दानी भएको र ६७२.९ मिलियन डलरको नगद तथा नगद बराबरीको सम्पत्ति (छोटो अवधिको लगानीसहित) भएको साथै कुनै ऋण नभएको बताएको रोयटर्सले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया