आईफोन १४ प्रो म्याक्स विस्फोट, प्रयोगकर्ताको हात नराम्ररी जल्यो

Technology Khabar २० कार्तिक २०८१, मंगलवार

आईफोन १४ प्रो म्याक्स विस्फोट, प्रयोगकर्ताको हात नराम्ररी जल्यो
सांकेतिक तस्बिर।

काठमाडौं ।

स्मार्टफोनमा विस्फोटको समाचार पटक पटक आईरहन्छ। तर, यसपटक एप्पलको डिभाइससँग सम्बन्धित एउटा मुद्दा बाहिर आएको छ, जसले सबैलाई छक्क पारेको छ।

मिडिया रिपोर्टकाअनुसार चीनमा एक महिलाको आईफोन १४ प्रो म्याक्स विस्फोट भयो, जसका कारण उनको एउटा हात नराम्ररी जलेको छ।

यो विष्फोट कति खतरनाक थियो भन्ने, जलेको ओछ्यान, कालो पर्खाल र तस्बिरमा कैद आईफोनको अवस्था हेरेर मात्रै अनुमान गर्न सकिन्छ।

चार्जिङ्गमा थियो आईफोन १४ प्रो म्याक्स

माइड्राइभर्सले शान्क्सी रेडियो र टेलिभिजनको हुइ बाङ माङ कार्यक्रमलाई उद्धृत गर्दै आईफोन १४ प्रो म्याक्स चीनमा विस्फोट भएको जानकारी दिएको छ। यो घटना बिहान ६.३० बजेको हो। ती महिला आफ्नो आईफोन १४ प्रो म्याक्स चार्ज गरेर सुतिरहेकी थिईन्। यसैबीच फोनमा ठूलो विस्फोट भयो, जसका कारण उनको एउटा हात नराम्ररी जलेको थियो र चारैतिर धुवाँ फैलिएको थियो।

ब्याट्रीको खराबीका कारण विष्फोट भएको बताइएको छ। यो घटनाले फोन ओभरचार्ज गर्दा हुने खतरा देखाउँछ। सधैं भनिन्छ कि फोन चार्जमा राखेर  सुत्नु हुँदैन। फोन ओभरचार्ज भयो भने विस्फोट हुन सक्छ।

रिपोर्टकाअनुसार, ती महिलाले सन् २०२२ मा आइफोन १४ प्रो म्याक्स किनेकी थिइन्। यसको मतलब यो फोन हाल वारेन्टी अन्तर्गत थिएन।

फोन हाल वारेन्टी अन्तर्गत नभए पनि एप्पल अझै पनि आफ्ना ग्राहकहरूको सुरक्षामा प्रतिबद्ध देखिएको छ। एप्पलले यस विषयमा चिन्ता व्यक्त गर्दै यस विषयमा अनुसन्धान गर्ने र फोन विस्फोट हुनुको कारण पत्ता लगाउने प्रयास गर्ने बताएको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २० कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया