सूचीकृत नभएका इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकको तार हटाउने टोखा नगरपालिकाको चेतावनी

  • Technology Khabar | २० कार्तिक २०८१, मंगलवार
सूचीकृत नभएका इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकको तार हटाउने टोखा नगरपालिकाको चेतावनी

काठमाडौं ।

टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संस्थाहरु अनिवार्यरुपमा टोखा नगरपालिकामा सूचीकृत हुन आउन आह्वान गरेको छ।

नगरपालिकाले एउटा सूचना प्रकाशित गरेर टोखा नगरपालिकाभित्र अव्यवस्थित तारहरुको व्यवस्थापन गर्नको लागि तार व्यवस्थापन कार्यदलले तयार पारी आ.व. २०७१/०८२ को चौथो कार्यपालिका बैठकले पारित गरेको तार व्यवस्थापन कार्ययोजना बमोजिम उक्त आह्वान गरेको हो।

‘सूचिकृत नभई सेवा सञ्चालन गरेको पाईएमा त्यस्तो सेवा प्रदायक कम्पनीका तार तथा उपकरणहरु नगरपालिकाले जुनसुकै समयमा पनि हटाउन सक्ने व्यवस्था भएअनुरुप हालसम्म सूचिकृत नभएका त्यस्ता सेवा प्रदायक संस्थाहरुलाई यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र अनिवार्य रुपमा यस नगरपालिकाको कार्यालयमा सूचिकृत हुनुहुन अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ।

तोकिएको ७ दिनभित्र सूचीकृत हुन नआएको खण्डमा नगरपालिकाले सञ्चालन गर्न लागिरहेको तार व्यवस्थापन कार्यमा सूचीकृत नभई सञ्चालनमा रहेका तारहरु हटाइने नगरपालिकाले चेतावनीसमेत दिएको छ।

प्रकाशित: २० कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार