सामसङको सबैभन्दा किफायती फोल्डेबल स्मार्टफोन हुन सक्छ ग्यालेक्सी जेड फ्लिप एफई

  • Technology Khabar | २० कार्तिक २०८१, मंगलवार
सामसङको सबैभन्दा किफायती फोल्डेबल स्मार्टफोन हुन सक्छ ग्यालेक्सी जेड फ्लिप एफई

काठमाडौं ।

दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो ग्यालेक्सी जेड फ्लिप स्मार्टफोनको किफायती संस्करण लन्च गर्न सक्ने रिपोर्ट आएको छ। यो नयाँ ग्यालेक्सी जेड फ्लिप एफई (Galaxy Z Flip FE) हुन सक्छ। हालै कम्पनीले ग्यालेक्सी जेड फोल्ड ६ को स्पेशल एडिसन मोडल ल्याएको छ। यसको मूल्य यो स्मार्टफोनको स्ट्यान्डर्ड भेरियन्ट भन्दा बढी थियो।

ग्यालेक्सी जेड फ्लिप एफईको स्पेसिफिकेशनलाई कम बनाएर मूल्य घटाउन सक्नेछ। टिप्स्टर @yeux1122 ले दक्षिण कोरियाको ब्लगिङ प्लेटफर्म नाभेरमा एक पोस्टमा ग्यालेक्सी जेड फ्लिप स्मार्टफोनको किफायती संस्करण लन्च गर्ने तयारी भइरहेको बताएका छन्।

कम्पनीले यो सस्तो फोल्डेबल स्मार्टफोन अर्को वर्ष लन्च गर्न सक्नेछ। यसलाई सामसङको आगामी फोल्ड गर्न मिल्ने स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ सँग ल्याउन सक्नेछ।

हालै सामसङले चालू वर्षको तेस्रो त्रैमासिकको नतिजा सार्वजनिक गर्ने क्रममा कम मूल्यमा फोल्डेबल उत्पादन ल्याउने उपायमा काम गरिरहेको बताएको थियो।

प्रकाशित: २० कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...