डाइनासोर सखाप पार्नेभन्दा सय गुणा ठूलो उल्कापिण्डले पृथ्वीमा शुरुवाती जीवन हुर्काएको हुन सक्ने-अनुसन्धान

Technology Khabar २० कार्तिक २०८१, मंगलवार

काठमाडौं ।

पृथ्वीमा डाइनासोर सखाप पार्नेभन्दा १ सय गुणा विशाल उल्कापिण्डको ठक्करले शुरुवाती जीवनलाई फैलिन सहयोग गरेको हुन सक्ने नयाँ अनुसन्धानले सुझाव दिएको छ।

३.२६ अर्ब वर्ष पुरानो एउटा प्रभावको अवशेषको अध्ययनले त्यो समयमा रहेको एकमात्र प्रकारको जीवन — सूक्ष्मजीवीय जीवन — अन्ततः ननएभियन डायनासोरलाई निमिट्यान्न पार्ने ५० देखि २०० गुणा ठूलो उल्कापिण्डको प्रभावबाट लाभान्वित भएको हुन सक्छ भन्ने देखाउँछ।

ठक्करपछि विनाश हावी भए तापनि उल्कापिण्ड र त्यसपछि उत्पन्न सुनामीले अन्ततः सूक्ष्मजीवहरूको लागि महत्त्वपूर्ण पोषक तत्वहरू उत्पादन गरेको अनुसन्धानकर्ताहरूले रिपोर्टमा उल्लेख गरेका छन्।

“हामीले जीवनलाई लचिलो देख्छौं, किनकि ठक्करपछि पनि जीवनको प्रमाण भेटिन्छ; हामीले वास्तवमा सोच्छौं कि वातावरणमा भएका परिवर्तनहरू जीवनको लागि अत्यन्त राम्रो थिए,” हार्वर्ड विश्वविद्यालयका पृथ्वी र ग्रह विज्ञानका सहायक प्राध्यापक र अध्ययनका प्रमुख लेखक नादजा ड्राबनले भने। यो अध्ययन अक्टोबर २१ मापी एनएएस जर्नलमा प्रकाशित भएको थियो।

ड्राबन र उनका सहकर्मीहरूले अहिलेको दक्षिण अफ्रिकामा आर्कियन युग (४ अर्ब देखि २.५ अर्ब वर्ष पहिले) को समयमा भएको प्रभावको प्रमाणको अनुसन्धान गरे। त्यो समयमा यो क्षेत्र एउटा समुद्री वातावरण थियो। ड्राबनले लाइभ साइन्सलाई बताए अनुसार यति पुराना चट्टानहरूले यति विस्तृत रूपमा क्षणहरू सुरक्षित राख्ने स्थानहरू पृथ्वीमा सायदै कम छन्।

यसका तहहरूमा अनुसन्धानकर्ताहरूले स्फेरुल्स देख्छन् — सानातिना, गिलास-जस्ता ओर्बहरू जुन सिलिका-युक्त चट्टान पग्लिएपछि उल्कापिण्डको ठक्करबाट बन्छन्। उनीहरूले कङ्ग्लोमरेटहरू पनि देख्छन्, जुन अन्य चट्टानका टुक्राहरूबाट बनेका चट्टान हुन्। यी कङ्ग्लोमरेटहरू संसारभर फैलिएको सुनामीको प्रमाण हो जसले समुद्री सतह उखेलेर बाँकी रहेका भग्नावशेषलाई गुट्मुट्यायो।

चट्टानका तहहरूको रसायनले स्वयं उल्काको अवशेष देखाउँछ, जुन कार्बोनेसियस कन्ड्राइट भनिने आदिम प्रकारको अन्तरिक्ष चट्टान थियो। यसको व्यास ३७ देखि ५८ किलोमिटर (२३ देखि ३६ माइल) रहेको लाइभसाइन्सले उल्लेख गरेको छ।

दक्षिण अफ्रिका साइट ठक्करको केन्द्रबाट केही टाढा भए पजि ठक्करले ठूलो प्रभाव पारेको थियो। यसले विश्वव्यापी सुनामी मात्र उत्पन्न गरेन बरु यति धेरै धुलो उडायो कि सूर्यको प्रकाशलाई रोकिदियो। वाष्पीकृत खनिजहरूले ठक्करले वातावरणलाई समुद्रको माथिल्लो तहहरू उमाल्न सकिने जस्तोगरी ततायो भन्ने देखाउँछन्।

“यो जमिन वा पानीमा कुनै जीवनका लागि अत्यन्त विनाशकारी हुने थियो,” डाब्रनले भनिन्। तर, ठक्करको केही वर्ष वा दशकहरूपछि जीवन फिर्ता आइरहेको थियो, र सम्भवतः पहिलेभन्दा राम्रो अवस्थामा थियो। अध्ययनका लेखकहरूले भनेअनुसार ठक्करपछिको समयमा जीवनका लागि आवश्यक तत्वहरूको मात्रामा वृद्धि भएको थियो।

यहाँ रहेको पहिलो तत्व फस्फोरस थियो, जुन आवश्यक खनिज हो र सम्भवतः ३.२६ अर्ब वर्ष पहिलेको महासागरहरूमा कम मात्रामा उपलब्ध थियो। आज फस्फोरस महाद्वीपीय चट्टानहरूबाट समुद्रमा क्षय भएर जान्छ, तर आर्कियन समयमा, पृथ्वी मुख्य रूपमा जलमग्न संसार थियो, जहाँ केही ज्वालामुखीय टापुहरू र साना महाद्वीपहरू मात्र थिए। डाब्रनले भनिन्, यति ठूलो कार्बोनेसियस कन्ड्राइटले सयौं गिगाटन फस्फोरस बोकेको हुन्थ्यो।

दोस्रो तत्व फलाम थियो जुन गहिरा आर्कियन महासागरहरूमा प्रशस्त मात्रामा थियो तर उडिल्ला समुद्रहरूमा थिएन। उल्कापिण्डको ठक्करले उत्पन्न गरेको सुनामीले महासागरहरूलाई मिसाएर यो धातुलाई उथला क्षेत्रहरूमा ल्याउने गरेको डाब्रनले बताइन्। ठक्करपछिका तहहरूमा देखिने रातो चट्टानहरूले वातावरणमा भएको यो परिवर्तन देखाउँछन्।

यो अध्ययनले अन्तरिक्षीय ठक्करहरूले प्रभावित युवा ग्रहमा जीवन कसरी फस्टाउन सुरु गर्‍यो भन्ने बुझ्न मद्दत पुर्‍याउँछ। भूवैज्ञानिक अभिलेखहरूले डाइनासोरहरूको अन्त्य गराउने उल्काभन्दा ठूला उल्काहरूले सुरुवाती पृथ्वीमा कम्तीमा हरेक १.५ करोड वर्षमा प्रहार गर्थे भन्ने देखाउँछन्।

जीवन लचिलो थियो, डाब्रनले भनिन्, तर ती ठक्करहरूले प्रत्येक पटक भएको जीवनको विकासलाई आकार दिन सक्थे। “डायनासोरहरूको विलुप्तिका कारण स्तनधारीहरूले फस्टाउन सके, र त्यो नभएको भए हामी यहाँ हुने थियौं कि हुँदैनौं, थाहा छैन। आर्कियन ठक्करहरूले पनि फस्टाउने र लोप हुने सूक्ष्मजीवहरूको प्रकारमा यस्तै निर्णायक प्रभाव पारेका हुन सक्छन्। हरेक ठक्करले केही नकारात्मक र केही सकारात्मक प्रभावहरू पार्छ,” डाब्रनले भनिन्।

प्रकाशित: २० कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया