
काठमाडौं ।
इन्स्टाग्राममा हालै एक घरपालुवा लोखर्केको चर्चा चुलिएको छ। अमेरिका स्थित, न्यूयोर्कमा रहेको एउटा लोखर्के इन्स्टाग्राममा निकै चर्चित छ। यसको नाम पीनट हो जसको इन्स्टाग्राममा ५ लाखभन्दा बढी फलोअर्स छन्।
इन्स्टाग्राममा साझा गरिएका १,४०० भन्दा बढी पोस्टहरूमा, बदाम चपाउँदै, हुला-हुप्समा हाम फालेको, र लङ्गोलाई कामबाट फर्किँदा घरमा अभिवादन गरेको देख्न सकिन्छ।
अहिले यो लोखर्के निकै चर्चामा आएको छ। यसको कारण प्रशासनले लोखर्केलाई पक्राउ गरेको र यूथनाइज्ड अर्थात इच्छा मृत्यु दिएको छ। तपाईले मानिसलाई इच्छा मृत्यु गरिएको सुन्नु भएको होला तर यहाँ एउटा पाल्तु लोखर्केलाई इच्छा मृत्यु गरिएको छ। यो विषय निकै रोचक छ र सामाजिक सञ्जालमा यसबारे धेरै चर्चा भइरहेको छ।
पिनट लोखर्केको इच्छामृत्यु इन्टरनेटमा चर्चाको विषय बनेको छ। यो लोखर्के आफ्नो अनौठो गतिविधिहरुको लागी धेरै मनपर्ने थियो। उनी मार्क लङ्गो नामक व्यक्तिसँग बस्थे। रिपोर्टका अनुसार अहिले चेमुङ काउन्टी स्वास्थ्य विभाग र न्यूयोर्क राज्यको वातावरण संरक्षण विभागले आधिकारिक रूपमा यस लोखर्केलाई सहज मृत्यु दिएको हो।
विभागले न्युयोर्क निवासी मार्क लङ्गोले अवैध रूपमा एउटा र्याकुन र लोखर्के राखेको जनाएको छ। उनीहरुलाई रेबिजको कारणले जफत गरिएको हो। अनुसन्धानका क्रममा सो लोखर्केले एक व्यक्तिलाई टोकेको पनि विज्ञप्तिमा उल्लेख छ।
उही समयमा, लोखर्के हुर्काउने व्यक्ति मार्क लोङ्गो भनेअनुसार, उसले एक कार दुर्घटनामा आमा लोखर्के मरेको पाएको थियो। त्यसपछि मार्कले त्यसको बच्चालाई साथमा ल्याएका थिए। त्यसको हेरचाह गर्न थाले। मार्कले बताएअनुसार सो लोखर्के निको भएपछि उसलाई जंगलमा छोडियो तर त्यो फेरि फर्कियो र उनीसँग ७ वर्षसम्म बस्यो।
मार्क लङ्गोले सामाजिक सञ्जाल प्लेटफर्ममा प्रशासनविरुद्ध आफ्नो आक्रोश पनि व्यक्त गरेका छन् । उनले इन्स्टाग्राममा एक पोस्टमा लेखेका छन्, ‘उनले यो पटक्कै आशा गरेका थिएनन्। उनी ७ वर्षदेखि त्यससँग साथी बनेर बस्दै आएका थिए र विभागले लोखर्केलाई खोस्यो।’
https://www.instagram.com/reel/DBwhVpdymnG/?utm_source=ig_embed&ig_rid=110187b1-71fb-4f03-969e-010d4b270201
प्रकाशित: १९ कार्तिक २०८१, सोमबार