हुन्डाईले कोरियामा सबैभन्दा ठूलो स्वच्छ ऊर्जा आपूर्ति सुरक्षित गर्यो, ७० लाख भन्दा बढी ईभी चार्ज गर्न पर्याप्त

Technology Khabar १९ कार्तिक २०८१, सोमबार

हुन्डाईले कोरियामा सबैभन्दा ठूलो स्वच्छ ऊर्जा आपूर्ति सुरक्षित गर्यो, ७० लाख भन्दा बढी ईभी चार्ज गर्न पर्याप्त
भैरहवामा रहेको हुन्डाईको एसेम्बल केन्द्र। फाइल तस्बिर।

काठमाडौं ।

हुन्डाईले भर्खरै दक्षिण कोरियामा सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा आपूर्ति सम्झौतामा हस्ताक्षर गरेको छ। यसको सबै विद्युतीय आयोनिक ५ एसयूभीलाई ७० लाख पटक पूर्ण चार्ज गर्न सक्ने ठूलो स्वच्छ ऊर्जा आपूर्ति सुरक्षित गरेको छ।

गएको बुधबार हुण्डाई मोटर कम्पनीले हुन्डाई इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन, एसके ईएण्डएस, जीएस ईएण्डआर, र इन्लाइटिङसँग नयाँ नवीकरणीय ऊर्जा आपूर्ति सम्झौताको घोषणा गरेको हो।

नयाँ पावर खरिद सम्झौता (पीपीए) मार्फत, हुन्डाईले आगामी २० वर्षमा वार्षिक ६१० गिगावाट घण्टा नवीकरणीय ऊर्जा प्राप्त गर्नेछ, जुन कोरियामा सबैभन्दा ठूलो हुनेछ।

हुण्डाईले ८४ गिगावाट आवर ब्याट्री भएको आयोनिक ५ (IONIQ 5) लाई ७० लाख पटक पूर्ण चार्ज गर्न पर्याप्त बिजुली रहेको बताएको छ। नयाँ आपूर्तिको साथ, हुन्डाईले हरितगृह ग्यासहरू लगभग ५.६ मिलियन टनले घटाउने अपेक्षा गरेको छ।

हुन्डाईले स्वदेश तथा विदेशमा शतप्रतिशत नवीकरणीय उर्जाको प्रयोगमा आफ्नो संक्रमणलाई तीव्रता दिँदा यो सम्झौता आएको हो।

हुन्डाईले भविष्यमा स्थिर आपूर्ति सुनिश्चित गर्न कोरियामा क्रमशः सौर्य ऊर्जा विस्तार गर्ने योजना बनाएको बताएको छ।

प्रकाशित: १९ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया