Technology Khabar १७ कार्तिक २०८१, शनिबार
काठमाडौं ।
टेक जायन्ट गुगलले आज म्याप्सका लागि जेमिनी एआई प्रयोग गर्ने केही नयाँ विशेषताहरू घोषणा गरेको छ।
अब प्रयोगकर्ताहरूले म्याप्सलाई भ्रमण गर्ने ठाउँ र गर्ने गतिविधिहरूका लागि सुझावहरू सोध्न सक्छन्। जेमिनी को मद्दतले म्याप्स ले तपाईं वा समूहको लागि कुनै क्षेत्र वरपरको गतिविधि योजना बनाउनेछ।
यसले प्रयोगकर्ताको समीक्षा संक्षेपमा दिन सक्नेछन र प्रयोगकर्ताले कुनै ठाउँमा बाहिरी बसाइँको व्यवस्था छ कि शान्त वातावरण छ भनेर सोध्न सक्नेछन्। यी विशेषताहरू यस हप्तामा अमेरिकाभरि एण्ड्रोइड र आईओएस मा उपलब्ध हुनेछ जीएसएमएरिनाले उल्लेख गरेको छ।
नेभिगेसनमा निर्भर चालकहरूका लागि तपाईंले ‘add stops’ सुविधाको प्रयोग गरेर आफ्नो मार्गमा पर्ने प्रमुख स्थलहरू, आकर्षणहरू, रमणीय ठाउँहरू, र खानपान विकल्पहरू थप्न सक्नुहुन्छ।
म्याप्सले अब नेभिगेसन गर्दा लेनहरू, क्रसवाकहरू, र रोड साइनहरू अझ स्पष्ट रूपमा देखाउनेछ र तपाईंले कुन लेनमा रहनुपर्ने भनेर बताउनेछ। साथै अन्य चालकहरूले पनि देख्न सकून् भन्ने उद्देश्यले तपाईंले मार्गमा हुने मौसमका अवरोधहरू रिपोर्ट गर्न सक्नुहुन्छ।
जीएसएमएरिनाका अनुसार म्याप्सले गन्तव्य नजिक पुग्दा वरपरका पार्किङ स्थलहरूको जानकारी पनि दिनेछ। प्रयोगकर्ताले आफ्नो कारबाट प्रवेशद्वारसम्मको हिँड्ने निर्देशन स्ट्रीट भ्यू वा एआर वाकिङको साथ प्राप्त गर्नेछन्। यी विशेषताहरू विश्वभरका 30 भन्दा बढी महानगरहरूमा एण्ड्रोइड र आईओएस मा रोलआउट हुनेछ।
अन्ततः म्याप्स मा इमर्सिभ भ्यू अनुभव पनि सुधारिएको छ। यो सुविधाले प्रयोगकर्ताहरूलाई एआई, तस्बिरहरू, र कम्प्युटर भिजन प्रयोग गरेर स्टेडियम, पार्क, र मार्गहरू हेर्न सघाउँछ जसमा चयन गरिएको समय र स्थान अनुसार मौसम र यातायात अवस्था समेटिएको हुन्छ।
अब इमर्सिभ भ्यू १५० शहरहरूमा उपलब्ध हुनेछ र यसमा कलेज क्याम्पसहरूजस्ता नयाँ स्थानका प्रकारहरू समावेश गरिनेछ। इमर्सिभ भ्यू फर रुट्सले पार्क गर्ने ठाउँ देखाउने र जटिल मोडहरू हाइलाइट गर्नेछ। यो अपडेट यस हप्ताबाट एण्ड्रोइड र आईओएस मा उपलब्ध हुने ठाउँहरूमा रोलआउट हुनेछ।
त्यसबाहेक गुगलले वेज लाई पनि नयाँ सुविधाहरूका साथ अपडेट गर्दैछ जसमा प्राकृतिक स्वरमा काम गर्ने नयाँ कन्भर्सेसनल रिपोर्टिङ सुविधा र नक्सामा विद्यालय क्षेत्रहरू देखाउने सुविधा समावेश छन्।
प्रकाशित: १७ कार्तिक २०८१, शनिबार