Technology Khabar १७ कार्तिक २०८१, शनिबार
काठमाडौं ।
वनप्लसले नयाँ स्न्यापड्रागन ८ एलिट चिपसेटसहितको वनप्लस १३ सार्वजनिक गरेको छ। यसले धेरै उत्कृष्ट विशेषताहरू समेटेको छ। यसमा उत्कृष्ट बीओई एक्स२ ओएलईडी डिस्प्ले र आईपी६९ रेटिङ छ जसले पानी र धुलोको धेरै उच्च स्तरको सुरक्षा प्रदान गर्छ।
यसमा १०० वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङसहित ६ हजार एमएएच क्षमताको सिलिकन-कार्बन ब्याट्री पनि रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
वनप्लस १३ को स्क्रिन ६.८२ इन्चको छ र यसमा २.५ डी क्वाड-कर्भ्ड किनाराहरू छन्। डिस्प्लेमा १४४० पिक्सेल रेजोल्युसन र 4500 निट्ससम्मको अधिकतम चमक क्षमता अर्थात् ब्राइटनेस रहेको छ।
यसमा ५० मेगापिक्सेलका तीनवटा ह्यासलबाल्ड -ब्रान्ड भएका क्यामेरा छन्: जसमा Sony LYT-808 सेन्सर ओआईएस सहितको मुख्य क्यामरा रहेको छ जसमा 3x पेरिस्कोप (LYT-600) र अल्ट्रावाइड सामसङ S5KJN5 सेन्सर पनि छ जसले म्याक्रो क्यामेराको रूपमा पनि काम गर्छ।
जीएसएमएरिनाका अनुसार यसमा नयाँ अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर र सुधारिएको कम्पन मोटर छ, जसले राम्रो प्रतिक्रिया दिन्छ। वनप्लस १३ पहिलो पटक चीनमा नोभेम्बर १ मा सार्वजनिक भएको थियो।
यसको मूल्य १२/२५६ जीबी संस्करणका लागि चिनियाँ युआन ४,४९९ अर्थात् ६३२ डलरबाट सुरु हुन्छ र २४ जीबी र्याम र १ टीबी स्टोरेज मोडेलका लागि चिनियाँ युआन ५,९९९ अर्थात् ८४२ डलरसम्म जान्छ। अन्तर्राष्ट्रिय बजारमा यो चाँडै उपलब्ध हुने बताइएको छ।
प्रकाशित: १७ कार्तिक २०८१, शनिबार