Technology Khabar १६ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
चितवनको भरतपुरस्थित युनाइटेड टेक्निकल कलेजले आगामी (मंसिर १९-२१,) ३६ घण्टे यू-टेक ह्याकाथन बीटा आयोजना गर्ने भएको छ। राष्ट्रिय स्तरको यस ह्याकाथनले नेपालभरिका प्रविधिमा रुचि राख्ने विद्यार्थीहरू, नयाँ प्रोग्रामरहरू, तथा अनुभवी पेशाकर्मीहरूलाई एकै मञ्चमा ल्याउने र उनीहरूले सिर्जनात्मक समाधानहरू प्रस्तुत गर्न र व्यावहारिक परियोजनाहरूमा सहकार्य गर्न पाउने आयोजकको दावी छ।
आयोजकका अनुसार यू-टेक ह्याकाथन बीटा (β) ले प्रतिस्पर्धात्मक परियोजनाहरू विकास गर्न र सहभागी टोलीहरूले रु. ६० हजार नगद पुरस्कार जित्न अवसर दिनेछ।
यसबाहेक कुपन कोडहरू, भौचरहरू तथा मर्चेन्डाइज पुरस्कारहरूमा समावेश गरिएको छ। ह्याकाथनको निर्णायक मूल्याङ्कन डिसेम्बर ६ (मंसिर २१, २०८१) मा हुनेछ, जहाँ टोलीहरूले डिजिटल स्वास्थ्य, स्मार्ट एप्लिकेसन, वा अन्य नवीन क्षेत्रहरूमा आधारित परियोजनाहरू प्रस्तुत गर्नेछन्।
३ हजार ५ सय रुपैयाँ सहभागिता शुल्क तोकिएको उक्त कार्यक्रममा सहभागीहरूका लागि ह्याकाथन अवधिमा भोजन, आवास, तथा अन्य आवश्यक सुविधा आयोजकले नै उपलब्ध गराउनेछन्। इच्छुक विद्यार्थीहरूका लागि दर्ता गर्नका लागि आगामी मंसिर ८ गतेसम्मको समय दिइएको छ।
यो ह्याकाथनको आयोजना युनाइटेड टेक्निकल कलेजको विद्यार्थी संस्था युनाइटेड टेक क्लब ले गरेको हो। यसले सन् २०२१ देखि नेपालभरका प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूलाई शिक्षण, तालिम, तथा ह्याकाथनहरूको माध्यमबाट सशक्तिकरण गर्दै आएको क्लबको दावी छ। क्लबले
ह्याकाथनको बारेमा थप जानकारी र दर्ता प्रक्रियाका लागि United Tech Club Facebook Page मा जान सकिने जनाइएको छ।
यू-टेक ह्याकाथन बीटाले नेपालको युवा प्रतिभाहरूलाई प्रविधिको क्षेत्रमा नवीन विचारहरू प्रस्तुत गर्न उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य लिएको आयोजकको भनाई छ।
प्रकाशित: १६ कार्तिक २०८१, शुक्रबार