चलचित्र विकास बोर्डले ड्रोन सञ्चालनसम्बन्धी नि:शुल्क तालिम दिँदै, आवेदन दिने म्याद ९ दिन बाँकी

Technology Khabar १६ कार्तिक २०८१, शुक्रबार

चलचित्र विकास बोर्डले ड्रोन सञ्चालनसम्बन्धी नि:शुल्क तालिम दिँदै, आवेदन दिने म्याद ९ दिन बाँकी
सांकेतिक तस्बिर

काठमाडौं ।

चलचित्र विकास बोर्डले ड्रोन क्यामेरा सञ्चालनसम्बन्धी निशुल्क प्रशिक्षण  दिने भएको छ। बोर्डले एक सूचना जारी १० दिनसम्म ड्रोन सञ्चालनसम्बन्धी प्रशिक्षण आयोजना गर्न लागेको जानकारी दिँदै इच्छुकहरुलाई आवेदनका लागि पनि आह्वान गरेको हो।

उक्त सूचनामा चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाँकार (क्यामेराम्यान) लाई प्रशिक्षणमा सहभागी गराउने जनाइएको छ। उक्त् १० दिने ड्रोन क्यामेरा सञ्चालनको प्रशिक्षण सम्बन्धी कार्यशालामा नेपाली चलचित्रका छायाँकारले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

उक्त प्रशिक्षणका लागि इच्छुक र योग्य आवेदकहरुले आवेदन फारम डाउनलोड गरेर [email protected] मा पठाउनु पर्ने सूचनामा उल्लेख छ।

पहिले दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिँदै नियमानुसार छनोट गरी तालिममा सहभागी गराइने  सूचनामा उल्लेख छ। तल दिइएको लिंकमा क्लिक गरेर उक्त फर्म डाउनलोड गर्न सकिन्छ।

ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशाला

प्रकाशित: १६ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया