भारतीय सरकारी टेलिकम बीएसएनएलको देशभर ५० हजार फोरजी टावर जडान

Technology Khabar १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।

भारत संचार निगम लिमिटेड (बीएसएनएल)को फोरजी अब कुनै पनि समयमा लन्च गर्न तयार भएको छ। भारतीय सरकारी टेलिकम कम्पनीले देशभर ५० हजारभन्दा बढी फोरजी साइट स्थापना गरिसकेको छ। तीमध्ये ४१ हजार फोरजी साइट पनि सञ्चालनमा आएका छन्।

रिपोर्टहरू अनुसार, बीएसएनएल फोरजी नेटवर्क धेरै चाँडै आधिकारिक रूपमा सुरू गर्न सक्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्न सक्नेछन् । बिएसएनएल फोरजी साइटहरूलाई भविश्यमा कि ५जी मा अपग्रेड गर्न सकिने बताईएको छ। बीएसएनएलले अर्को वर्ष जुन सम्म आफ्नै फाइभजी पनि सुरु गर्न सक्छ।

भारतीय सञ्चार मन्त्रालयका अनुसार अक्टोबर २९ तारिखसम्म ५० हजार फोरजी साइट जडान भइसकेको छ। तीमध्ये ४१ हजार साइट सञ्चालनमा आएका छन्। फोरजी सेचुरेसन प्रोजेक्ट अन्तर्गत करिब ५ हजार साइटहरू जडान गरिएको छ। बीएसएनएलले देशभर एक लाख फोरजी साइटहरू स्थापना गर्न चाहन्छ।

टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) को नेतृत्वमा रहेको कन्सोर्टियमले बीएसएनएलको फोरजी परियोजना पूरा गर्न सहकार्य गरेको छ।बीएसएनएलको फोरजी नेटवर्क पूर्णरूपमा भारतीय कम्पनीहरूले डिजाइन, विकास र कार्यान्वयन गरेको हो।

यद्यपि, बीएसएनएलको फोरजी नेटवर्क अर्को वर्षसम्म सम्पूर्ण देशमा उपलब्ध हुन सक्छ। फोरजी नेटवर्क सुरु भएको एक महिनाभित्रै फाइभजीमा स्तरोन्नति हुने दाबी पनि गरिएको छ।

प्रकाशित: १६ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया