नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो एक करोड दुई लाख सत्तरी हजार रुपैयाँ

  • Technology Khabar | १५ कार्तिक २०८१, बिहीबार
नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो एक करोड दुई लाख सत्तरी हजार रुपैयाँ

काठमाडौं ।

अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ।

नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त बाढी, पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ जम्मा गरिएको जानकारी दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मिति कात्तिक १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरु समेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन्।

सो अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडी बढ्न निर्देशन समेत दिएको कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिएका छन्।

प्रकाशित: १५ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • १५ कार्तिक २०८१, बिहीबार