नवलपुरका सडकमा सिसी क्यामरा, दुर्घटनापछि फरार हुनेको खोजी र अनुसन्धान गर्न सजिलो हुने

Technology Khabar १३ कार्तिक २०८१, मंगलवार

नवलपुरका सडकमा सिसी क्यामरा, दुर्घटनापछि फरार हुनेको खोजी र अनुसन्धान गर्न सजिलो हुने
सांकेतिक तस्बिर

काठमाडौं ।

नवलपुरको नारायणगढ-बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामरा जडान गरिने भएको छ। सिसी क्यामरा हुँदा दुर्घटनाको कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामरा जडान गर्ने तयारी गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले नालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपिआर क्यामरा जडान गर्ने तयारी गरिए‌को जानकारी दिए। उनका अनुसार एउटा क्यामराको मूल्य एक लाख २५ हजार रुपियाँ पर्छ। उक्त रकम जिल्लाका पालिकाहरूबाट प्राप्त हुने र कुन पालिकाले कति रुपियाँ दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने उहाँले जानकारी दिए।

बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणगढ-बुटबल सडकखण्डमा राखिएका क्यामरा केही हराएका र केही बिरोका अवस्थामा छन्। डाल टुम्कीबासमा एउटा मात्र सिसी क्यामरा रहेको प्रहरीले जनाएको छ।

यसअधि बाटो विस्तारको काम पूर्ण रूपमा सकिएपछि मात्र क्यामरा जडान गर्ने भनिए पनि बाटो विस्तारको काम सम्पन्न हुन समय लाग्ने देखिएपछि सहर बजारमा सडक बनेको ठाउँमा क्यामरा जडान गरिने भएको हो।

आजको गोरखापत्रबाट

प्रकाशित: १३ कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया