Technology Khabar १३ कार्तिक २०८१, मंगलवार
काठमाडौं ।
एप्पलले सन् २०२५ को शुरुवातमा आफ्नो बजेट आईफोन ‘एसई ४’ लन्च गर्ने अपेक्षा गरिएको छ। साथै डिभाइसको बारेमा यस अघिदेखि नै व्यापक रूपमा अफवाहहरू पनि फैलिरहेका छन्।
हालैको एक रिपोर्टले लीक्ड केस ईमेजमार्फत फोनको डिजाइन देखाएको थियो भने अब आएर टिपस्टर जुकानलोस्रेभेले आईफोन एसई ४ को मुख्य स्पेसिफिकेसनहरू र अपेक्षित मूल्य दायराको खुलासा गरेका छन्।
एप्पल आईफोन एसई ४ को अपेक्षित स्पेसिफिकेसनहरू
एप्पलको आफ्नै फाइभजी मोडेम सबैभन्दा ठूलो आन्तरिक परिवर्तन हुन सक्ने र यसको कोडनेम “सेन्टौरी” रहेको उल्लेख गरिएको छ। यो इन–हाउस सलुसनले इफिसियन्सी सुधार गर्ने छ भने मोडेमहरूको लागि बाह्य आपूर्तिकर्ताहरूमा एप्पलको निर्भरता पनि कम गर्नेछ।
डिस्प्ले फ्रन्टमा एसई ४ ले एलसीडी छोडेर अब २,५३२ × १,१७० को रिजोल्युसन र ८०० निट्सको पिक ब्राइटनेस भएको ६.०६ इन्चको एलटीपीएस ओएलईडी प्यानल समावेश गर्न सक्ने उल्लेख गरिएको छ। आईफोन १४ सिरिजमा प्रयोग गरिएको समान सामग्री ‘सेरामिक शिल्ड’ को समावेशको साथ स्थायित्वले पनि बढावा देख्ने सम्भावनाको पनि उल्लेख गरिएको छ।
पर्फमेन्सको लागि एप्पलले आईफोन १६ र १६ प्लसमा जस्तै ए१८ चिप प्रयोग गर्ने सम्भावना रहेको छ। साथै यसलाई ८जीबी को एलपीडीडीआर५एक्स र्याम सँग पेयर्ड गरिनुका साथै एप्पल इन्टेलिजेन्स फिचर्सहरूको लागि समर्थन पनि हुन सक्ने उल्लेख गरिएको छ।
आईफोन एसई ४ को पछाडि सिङ्गल ४८ मेगापिक्सेलको सोनी एक्समोर आईएमएक्स९०४ सेन्सर र १२ मेगापिक्सेलको फ्रन्ट–फेसिङ शूटर हुने लीकले सुझाव दिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
आईफोन एसई ४ को मापन १४६.७ × ७१.५ × ७.८एमएम हुने अपेक्षा गरिएको छ भने यसले ३,२७९एमएएच ब्याट्री समावेश गर्ने उल्लेख गरिएको छ। साथै आईफोन एसई ३ को २,०१८एमएएच क्षमताको तुलनामा ६२ प्रतिशत भन्दा बढी जम्पको साथ यो उल्लेखनीय वृद्धि हुने थप उल्लेख गरिएको छ।
यसबाहेक फेस आईडी, आईपी ६८ डस्ट र वाटर रेसिस्टेन्ट (प्रतिरोध), वायर्ड (२०वाट सम्म), क्यूआई२, र म्यागसेफ वायरलेस चार्जिङ (१५वाट सम्म) को लागि समर्थन जस्ता आधुनिक सुविधाहरू पनि अपेक्षित गरिएका छन्।
आईफोन एसई ४ को मूल्य ४९९ र ५४९ अमेरिकी डलर बीचमा हुन सक्ने लीकले सुझाव दिएको भए तापनि यस बारे पुष्टि हुन बाँकी रहेको थप उल्लेख गरिएको छ। आईफोन एसई ४ को अनावरण सन् २०२५ को मार्च महिनामा हुने भनिएको छ।
प्रकाशित: १३ कार्तिक २०८१, मंगलवार